अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै को#भिड का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो ।

मन्त्रालयका वरिष्ठ सहायक प्रशासक डा समीरकुमार अधिकारीले भारतमा सङ्क्रमणको अवस्था खराब भई अक्सिजन नपाएर सङ्क्रमितको मृ#त्यु भइरहेकाले नेपालमा पनि त्यस्तो अवस्था नआओस् भन्नाका लागि त्यस्ता उद्योगधन्दा केही समय बन्द गर्न मन्त्रालयलाई आज पत्राचार गरिएको जानकारी दिए ।

पत्रमा “अक्सिजनसहित अक्सिजन सिलिण्डरको कालोबजारी, विदेश पैठारी भई स्वदेशमा अप्ठयारो हुने अवस्थाको सिर्जना हुन नदिन, नेपाली बजारमा प्रशस्त अक्सिजन र अक्सिजन सिलिण्डरको व्यवस्था गरिदिनुहुन तथा अस्पतालमा उपचारका लागि प्रयोग हुने

अक्सिजन उद्योगधन्दामा केही समयका लागि प्रयोग बन्द गर्न वा बन्द गर्न नसकिने अवस्थामा निकै कम खपत गर्न” उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *