अझै पनि मास्क नलगाई हिँड्डुल गर्न छाडेका छैनन् मानिस

काठमाडाै, नयाँ भेरियन्टसहित को#भिड सङ्क्रमणको गति तीव्र भइरहे पनि मानिसहरु अझै पनि मास्क नलगाई हिँड्डुल गर्न छाडेका छैनन् ।

नेपाल प्रहरीका अनुसार मानिसहरुले जान्दा जान्दै पनि लापर बाहीपूर्वक मास्क नलगाई हिँड्ने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न क्षेत्रमा मास्क नलगाई हिँड्डुल गर्ने ३३ हजार ७१५ जनालाई होल्डिङ जोनमा राखी मास्क लगाएर हिँड्ने सर्तमा छाडिएको छ ।

स्वास्थ्य विज्ञहरुले मास्कको प्रयोगले को#रोना भाइरस सङ्क्रमण हुनबाट जोगाउने भएकाले अनिवार्य रुपमा मास्कको प्रयोग गर्न अनुरोध गरिरहे पनि मानिसको लापरबाही भने कायमै छ । अवधिमा तोकिएको मापदण्ड उ#ल्लङ्घन गर्ने एक हजार ८६ जनालाई सङ्क्रामक रो#ग ऐ#न, २०२० बमोजिम जरिवाना गराएर समेत छाडिएको प्रहरी प्रवक्ता वसन्त बहादुर कुँवरले मेगा खबरलाई जानकारी दिए ।

पछिल्लो २४ घण्टामा प्रहरीले ५ सय ९ वटा सचेतना मूलक कार्यक्रम सञ्चालन गरेको र उक्त कार्यक्रममा देशभर गरी जम्मा ३९ हजार ६४१ जनालाई सचेत गराइएको छ ।

नयाँ भे#रियन्ट सहितको को#भिड को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्ड कार्यान्वयनका लागि नेपाल प्रहरीले सचेतना मूलक कार्यक्रम सञ्चालन गरिइएको छ ।

उक्त कार्यक्रम मार्फत सङ्क्रमणबाट आफू बचौँ र अरूलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै रु’ लगायतका विभिन्न सचेतना मूलक कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाएको छ र अभियानका क्रममा पछिल्लो २४ घण्टामा १० हजार ७९४ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

नेपाल प्रहरीले विभिन्न स्थानहरूमा को#भिड को जोखिम न्यूनीकरणको लागि सचेतना मूलक सन्देश सहितको माइकिङ, सवारी साधनको जाँच, सचेतना मूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रम मार्फत मास्क तथा स्यानिटाइजरको सही प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध समेत गरिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *