अध्यक्षकै नेतृत्वमा गाउँपालिकाको कार्यालयमा ताला

सिन्धुपाल्चोक, बलेफी गाँउपालिका २ का अध्यक्षकै नेतृत्वमा गाउँपालिकाको कार्यालयमा ताला लगाइएकाे छ ।

भवन निर्माणका लागि दुई वटा उपभोक्ता समिति बनेपछि आफूले बनाएको उपभोक्ता समितिले नै काम गर्न पाउनुपर्ने भन्दै वडाध्यक्ष छविलाल न्यौपानेको नेतृत्वमा गाउँपालिकाको कार्यालयमा ताला लगाएकाे हो ।

सो वडाको कार्यालय भवन निर्माणका लागि वडाध्यक्षको रोहबरमा उपभोक्ता समिति निर्माण गरिएको थियो । त्यस समितिमा आफू निकटको व्यक्ति नपरेको भन्दै गाउँपालिकाले उपाध्यक्षको रोहबरमा बन्द कोठामा बसी अर्को समिति निर्माण गरेपछि विवाद शुरु भएको थियो ।

वडामा परेका योजनामा वडाध्यक्षकै रोहबरमा उपभोक्ता समिति गठन गरिने त्यहीअनुसार समिति निर्माण गर्दा गाउँपालिकाले हस्तक्षेप गरेको वडाध्यक्ष न्यौपानेले बताउछन् ।

सर्वपक्षीय भेला गरेर समिति निर्माण गरेकाले समिति निर्माण गर्दा आफूले कुनै पूर्वाग्रह नराखेको उनकाे रहेको भनाइ छ । लामो समयदेखि विवाद भएपछि बुधवार (आज) गाउँपालिकाको कार्यालयमा ताला लगाइएकाे छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतकाे कार्यकक्षमा ताला लगाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *