Loading...
राजनीति

अध्यादेशबारे देउवाको प्रतिक्रिया, ओलीको अलोकतान्त्रिक कदम, बैठक नजाने घोषणा

dewa

काठमाडाै, काँग्रेस सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद् बैठकमा सहभागी नहुने घोषणा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमलाई अलोकतान्त्रिकको संज्ञा समेत दिएका छन् । अलोकतान्त्रिक कार्य आफूलाई अस्वीकार्य हुने भन्दै बैठकमा सहभागी नहुने बताए ।

अलोकतान्त्रिक कार्य भएको छ र म बैठकमा जाँदिनँ । यो कदमको विरोध गर्दछु र विस्तृत रुपमा पार्टीले आधिकारिक धारणा सार्वजनिक हुन्छ । नेकपाभित्रको विवादका कारण संवैधानिक परिषद् बैठक अवरुद्ध बन्दै गएको बेला सरकारले अध्यादेश ल्याएको हो । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी हुन् ।

गत वैशाखमा पनि सरकारले यस्तै अध्यादेश ल्याएको थियो । अध्यादेशको त्यतिबेला काँग्रसले कडा विरोध गरेको थियो भने सत्तारुढ दल भित्रैबाट समेत फिर्ता लिन दवाव बढेपछि फिर्ता भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *