अर्जुनकोलागी यो जाडोमा मलाइकाले गरिन् यस्तो फोटो शूट, अर्जुन मलाइकाको गोवाको तस्वीर भयो भाईरल

एजेन्सी । एक्ट्रेस मलाइका अरोड़ा खान आफ्नो बोयफ्रण्ड अर्जुन कपूर संग गोवा भ्याकेसनमा निकै नै रोमान्स गरिरहेकी छन् । दुवैजनाले संगै फोटो त शेयर गरेका छैनन् । तर उनीहरुका सबै तस्वीरहरु सोशल मिडियामा निकै नै भाईरल बनीरहेका छन् ।

मलाइका यो समय गोवामा कुनै होटेलमा बसेकी छैनन् । उनी आफ्नी बहीनी अमृता अरोडाको घरमा बसेकी छिन् । त्यही घरमा अर्जुन पनि मलाइकासंग संगै बसेका छन् ।

mallika

मलाइका उक्त ट्रिप बाट आफ्ना फोटोहरु शेयर गरेकी छन् । फोटोमा मलाईकाले हरियो रंगको टप लगाएकी छन् । उनी उक्त फोटोमा निकै नै आकर्षित देखिनुका साथै सुन्दर पनि देखिएकी छन् ।

यसैगरी अर्जुन कपुरको कुरा गर्ने हो भने उनले आफ्नो शोलो फोटो शेयर गरेका छन् । उनले आफ्नो तस्वीरलाई शेयर गर्दै लेखेका छन्,‘जब तपाईँलाई जान मन लाग्दैन अमृता तिमीले कति सुन्दर घर बनाएकी । हाम्रो गोवा भ्याकेसन यो भन्दा सुन्दर ठाउँमा हुनै सक्दैन ।’ मलाइकाले भर्खरै कोरोना जीतेकी छन् । कोरोनाको जीतपछि यो उनीहरुको पहिलो भ्याकेसन हो ।

arjun kapor

Leave a Reply

Your email address will not be published. Required fields are marked *