Loading...
Technology

आगो तथा हिटरको प्रयोग झ्याल ढोका बन्द गरी ताप्नु , स्वास्थयको लागि हानिकारक

आगो तथा हिटरको प्रयोग

आगो तथा हिटरको प्रयोग | अहिले केहिदिन देखिएता चिसो ह्वातै बढेको छ । चिसोबाट जोगिन धेरै मानिसले न्यानोका लागि विद्युतीय उपकरण प्रयोग गर्छन् । आगो ताप्दा वा हिटर चलाउदा झ्याल ढोका बन्द गर्नु स्वास्थ्यका लागि निक्कै हानिकारक हुने डाक्टरहरुले बताएका छन् ।

जाडो छल्नका लागि अपनाइने यस्ता उपायले ज्यानै समेत जानसक्ने भएकाले सावधानी अपनाउन डाक्टरको सुझाव दिएका छन् ।

नेपाल मेडिकल कलेजका कम्युनिटी मेडिसिन विभागका प्रमुख डाक्टर सुनिलकुमार जोशीका अनुसार चिसोमा समयमा कृत्रिम तातोभन्दा पनि प्राकृतिक विकल्प नै खोज्नुपर्ने बताउछन् ।

झ्याल ढोका थुनेर हिटर, कोइला वा आगो ताप्दा वातावरणमा भएको ओसिलो हावालाई सोसिदिने हुन्छ । हिटर धेरै प्रयोग गर्दा छाला सुख्खा हुने, शरीर चिलाउने, समस्या पनि हुन सक्छ । बालबालिकालाई त झन् यसले निक्कै असर गर्ने उनले बताए ।

अक्सिजनको मात्रा कम गराउने भएकाले श्वास प्रश्वासको समस्या भएकाहरुलाई हिटरको तातोमा सास फेर्न गाह्रो हुन सक्छ ।

कतिपय अवस्थामा ज्यान नै जान सक्ने भएकाले सावधानी अपनाउन डाक्टर जोशीको सुझाव रहेको छ । यसरी कृत्रिम तरिकाले कोठालाई तातो बनाउनु भन्दा पनि बरु शरीरलाई न्यानो राख्न तातो कपडा लगाउने, तातो झोलिलो पदार्थ खाने र हातमा पञ्जा तथा टाउकोमा टोपी लगाउने गर्नु पर्ने हुन्छ ।  

हिटर,कोइला ,आगो ताप्नै परेमा पनि झ्याल ढोका खोलेर मात्रै ताप्नुपर्ने उनले भने, यस्तै चिसो मौसममा बिहानको चिसोमा बाहिर नहिँड्दा नै राम्रो हुने डाक्टर जोशीले बताउछन् ।

चिसो समयमा बाहिर निस्कँदा प्रदूषण मिसिएको चिसो हावाले निमोनिया, स्वासप्रश्वास, एलर्जी, रुघाखोकी लगायतका स्वास्थ्य समस्या हुन सक्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *