आफ्नो इच्छा विपरित स्थायी समिति बैठक सुरु भएपछि ओलीले बैठकमै पठाए यस्तो पत्र

काठमाडौं ओलीले बैठकमै पठाए। आइतवारबाट सुरु भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा पार्टीका एक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागि भएनन्। उनी सहभागी हुने पूर्व संकेतका कारण पार्टी कार्यालयमा सुरक्षा ब्यवस्था कडा बनाइएको थियो । तर ओली उपस्थित नभएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो ।

बैठकमा सहभागि नभएका ओलीले बालुवाटारबाटै स्थायी कमिटी सदस्यहरुलाई सम्बोधन गर्दै पत्र पठाएका छन् । उनले बैठकमा सहभागि हुन नसक्ने कारण सहित जानकारी गराएका छन्। पार्टी सचिवालय सदस्य ईश्वर पोखरेल मार्फत पत्र पठाउँदै प्रधानमन्त्री ओलीले विशेष कारणले सहभागि हुन नसकेको जानकारी गराएका हुन्।

उनले पत्रमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस अघि सचिवालयमा प्रस्तुत गरेको प्रस्ताव उपर स्थायी समितिमा छलफल हुन नसक्ने बताएका थिए । तर आफ्नो इच्छा विपरित प्रचण्डको प्रस्ताव स्थायी समितिमा पेश गरिएका कारण आफु बैठकमा सहभागी नभएको उनको भनाई थियो । प्रधानमन्त्री ओलीको कार्यशैली प्रति असन्तुष्टि राख्दै प्रचण्डले १९ पेज लामो प्रस्ताव वैठकमा राखेका थिए ।

पत्रमा प्रचण्ड पुरानो अडानमा कायम रहेको र उनले सचिवालयमा पेश गरेको पत्र फिर्तासमेत नगरेको भन्दै त्यसमा सहभागि हुन नसक्ने जानकारी गराएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। प्रचण्डको अध्यक्षतामा बसेको बैठकको सुरुमै प्रधानमन्त्रीको पत्र वाचन गरेर सुनाइएको थियो।बैठक सात दिनका लागि स्थगित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *