Loading...
Others

इतिहासमै पहिलो उच्च पदमा नेपाली महिला, नेपालकी छोरी अन्शु गुरुङ्ग बेलायती सेनाको कप्तान

british gurkha captain

काठमाडौ । नेपाली सपूतले विश्व जगमगाई नै रहेका छन् । विश्वभरी नै नेपाल आमाका सन्तान चम्किलो ताराका रुपमा उदाई नै रहेका छन् । यही क्रममा कास्कि पोखरा महानगरपालिका –२२ निवासी नेपाली छोरी बेलायतको सेनाको उच्च पदमा पुगेकी छिन् ।

इतिहासमा पहिलो पटक एउटी नेपाली महिलाले बेलायती गोर्खा सेनामा उच्च पद ओगटेकी हुन् । २७ वर्षीय दन्त चिकित्सक डा. अंशु गुरुङ्गलाई शनिबार बेलायती गोर्खा सेनाको कप्तान पदमा नियुक्त गरिएको छ। उनलाई कप्तानको इग्ग्नियाका साथ सम्मानित गरियो।

दक्षिण पूर्व क्षेत्रीय तमु धिनका उपाध्यक्ष योगेश गुरुङ्गका अनुसार ब्रिटेनका तमु धिनका सल्लाहकार अंशुले रोयल मिलिटरी एकेडेमी स्टन्डहर्स्टबाट आफ्नो नयाँ पदको लागि १० हप्ताको प्रशिक्षण पूरा समेत गरिसकेका छन्।

अन्शु गुरुङ्ग ब्रिटिश गोर्खा कलर सेर्जेन्ट अमर गुरुङ्गकी कान्छी छोरी हुन्। उनकी आमा सुकु गुरुङ्ग बेलायतको भौमडिकोट सोसाइटीकी अध्यक्ष हुन्। मूल पोखरा महानगरपालिका–२२ निवासी अंशु आफ्नो परिवारसँग अहिले बेलायतको फर्नबरोमा बसिरहेकी छिन्। उनी गत वर्ष क्वीन मेरी विश्वविद्यालयबाट दन्त चिकित्सामा डिग्री प्राप्त गरेपछि ब्रिटिश गोर्खा सेनामा भर्ना भएकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *