निषेधाज्ञाका समयमा बैंक तथा वित्तीय संस्थाहरू खुला रहने

काठमाडौँ उपत्यकाका तीन जिल्लामा आजदेखि लागु भएको निषेधाज्ञाका समयमा बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन् ।

नेपाल बैंकर्स सङ्घले निषेधाज्ञाको समयमा बैंकका सबै शाखाहरू खुला हुने जनाएको छ । सङ्घले विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालयहरू नियमित सञ्चालन हुने जनाएको छ ।

सबै शाखा कार्यालय खुला भए पनि निषेधाज्ञाको अवधिमा ग्राहकहरूलाई अत्यावश्यक अवस्थामा बाहेक बैंक नआउन पनि आग्रह गरेको छ । बैंकका सबै शाखामा ग्राहकको भिडभाड बढी हुने हुँदा भिडकम गर्नका लागि ग्राहकलाई अनुरोध गरिएको सङ्घका अध्यक्ष भुवन दाहालले मेगा खबरलाई जानकारी दिए ।

उनले नागद (नोट) कारोबारभन्दा बढी अनलाइनमार्फत कारोबार गर्न आग्रह गरे । सङ्घले निषेधाज्ञाको समयमा बैंकका शाखा तथा एटीएम बुथहरू खुला रहने भन्दै इन्टरनेट र मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राविधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोन सम्पर्क गर्न समेत आग्रह गरिइएको छ ।

यो पनि पढ्नुहोस् : उपत्यकामा काम नभई सडकमा निस्कने १५ सय जनालाई प्रहरीले होल्डिङ जोनमा

काठमाडौं, उपत्यकामा बिनाकाम सडकमा निस्कने करिब १५ सय जनालाई प्रहरीले होल्डिङ जोनमा राखेको छ ।

काठमाडौंमा भने ६ सय ७० जना, ललितपुरमा ५ सय ७२ जना र भक्तपुरमा १ सय ७५ जनालाई होल्डिङ जोनमा राखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाइएको छ ।

निषेधाज्ञाको बेवास्ता गरेर सडकमा निस्केकालाई होल्डिङ जोनमा राखेर सम्झाई बुझाई गरिएको महानगरीय प्रहरी कार्यालयका प्रहरी कार्यालयका एसपी सुशील सिंह राठौरले मेगा खबरलाई बताए ।

प्रहरीले उपत्यकाका प्रत्येक चोकमा होल्डिङ जोन बनाइएको छ । कामनभई निस्कनेलाई को#रोनाबारे सचेत गराइएको र मास्क नलगाउनेलाई मास्क वितरण गरिएको एसपी राठौरले मेगा खबरलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *