एमालेमा माधव नेपाल पाखा लागे! आयोजक कमिटी भंग : बादल सहित को को बने केन्द्रिय सदस्य ?

काठमाडौ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ । बुधवार बसेको नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले यस्तो निर्णय गरेको हो ।

बालुवाटारमा बसेको बैठकले कमिटीलाई भंग गर्ने स्थायी समितिको निर्णयलाई अनुमोदन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

त्यस्तै माधव नेपाल पक्षका ११ जना नेताको कारवाही पनि निस्क्रिय भएको ज्ञवालीको भनाइ छ । त्यसो त माधव नेपाल लगायत उनका पक्षका नेताहरुलाई सोही आयोजक कमिटीले कारवाही गर्ने निर्णय गरेको थियो ।

सो कमिटी नै भंग भएपछि नेपाल सहित उनी पक्षका नेतालाई गरेको कारवाही पनि निस्क्रिय भएको हो ।

अब आगामी असार १८ गते पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने पनि ज्ञवालीले जानकारी दिए । त्यस्तै, नेकपा माओवादीबाट एमालेमा आएका रामबहादुर थापासहितका नेतालाई स्थायी कमिटीका अटाउने निर्णय गरिएको उनको भनाइ छ ।

प्रवक्ता ज्ञवालीले पूर्वमाओवादीका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमझी, मणि थापा र एमालेकै रघुविर महासेठ, रघुजी पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय भएको जानकारी दिए ।

भुसालले केहीदिन अघि मात्रै स्वतन्त्र संसदको हैसियत माग्दै संसद् सचिवालयमा पत्र लेखेका थिए । उनी राष्ट्रिय सभा सदस्य हुन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *