Loading...
समचार

ओलीको समर्थन गर्दै भाइरल डिल्लीरामले भने, संसद विघटन ठिक गर्नुभयो, अब जनताले नचाहेको संघीयता खारेज गर्नुस जनताले तपाईलाइ साथ दिन्छन्

dilliram khanal

डिल्लीराम खनाल तिखो र पेचिलो ढंगले कटाक्क्ष गर्ने सामाजिक संजाल मार्फत चर्चित व्यक्ति हुन् l खनाल केहि समय पहिले काठमाडौँको माईतीघरमा एक पत्रकारको प्रश्नको जवाफदिने क्रममा मोटरसाइकलबाट अप्रत्यासित किसिमले पक्राउको दृश्य सामाजिक संचालमा प्रसारण भए पछि एकाएक चर्चित भएका थिए l उनले प्रधानमन्त्री देखि प्राय जसो सबै दलका शिर्ष नेताहरुको कार्यशैली प्रति प्रस्तुत गर्ने अभिव्यक्ति रोचक तथा अत्यन्त घोचक हुने गर्दछ जसका कारण उनि चर्चित पनि छन् l

झापाको दमक स्थायी घरभई हाल काठमाडौँको तीनकुनेमा बस्नुहुने डिल्लीराम खनालको दैनिकी बिहान उठ्ने , हल्का ब्यायाम र ब्याटमिन्टन खेल्ने, प्राय जसो पत्रपत्रिका पढ्ने , अध्ययन गर्ने , दिन देखि साझ सम्म अन्तर्वार्ता , भेटघाट र राजनीतिका बहसमा बित्ने गरेको छ l राजसंस्थाको पुनर्स्थापना र हिन्दु अधिराज्य सहितको नेपाल राज्य हुनुपर्ने राजनीतिक बिचार बोकेका खनाल आफु भने पुर्व एमाले संग सम्बन्धित ब्यक्ति हुन l

नेपालको कम्युनिष्ट सरकार कमाउनिष्ट हुन् र अहिलेको सरकारलाई बिदेशी दलालको संज्ञा दिने खनाल अहिलेको व्यवस्था असफल भएको भन्दै अब व्यवस्था परिवर्तन गर्ने बेला आएको बताउछन l कांग्रेसलाई काला कांग्रेस भन्दै यिनीहरुले बेचेर खाएर बाकि रहेको अस्थिपन्जर सरहको उद्योग संचालन गरे दसौ लाखले रोजगारी पाउने भन्दै दैनिक ८- १० जना नेपालीको लाश आउने र सरकारमा बस्नेले गिद्ध सरी लाश खाईरहेको आशयको अभिव्यक्ति पनि केहि समय अगाडिको अन्तर्वार्तामा खनालले प्रस्तुत गरेका थिए l

“पहिलो त २४० वर्षको राजसंस्था भन्ने तथ्यांक नै गलत छ ।” धमलाले कसरी गलत छ २०६२/०६३ जनता सडकमा आएर राजसंस्था फालेको होइन ? भनेर कडा रुपमा अर्को प्रश्न गरे । अनि खनालले त्यसको जवाफमा भने,”२०६४ सालमा संविधानसभाको चुनाव भयो । त्यसबाट आएको संसद्को पहिलो बैठकले राजसंस्था अन्त्यको घोषणा गर्यो ।”

जनता सडकमा आइसकेपछि निर्वाचन भयो त्यसपछि राजसंस्थाको अन्त्य भयो नि ? भन्ने अर्को प्रश्नमा उनले यस्तो जवाफ दिए,”त्यो त अहिलेका मन्त्री वर्षमान पुनलाई सोध्नुहोस् न, ‘कहाँ–कहाँबाट मान्छे ल्यायौं, कहाँ–कहाँबाट पैसा ल्याऔं, के-के ग¥यौं ?’ भनेर । त्यसपछि गगन थापालाई ‘युरोपबाट कति बोरा पैसा ल्यायौं’ भनेर सोध्नुहोस् ।”

गगन थापाले पैसा लिएको तथ्यांक तपाईंसँग छ ? भनेर धमलाले सोध्दा उनले आफूले जे–जे बोल्छु त्यसको तथ्य, प्रमाण र आधार आफूसँग सुरक्षित रहेको जिकिर गरे । उनले गगन थापाले कोसँग पैसा लिए, प्रमाण देखाउनुस् न त ? भनेर सोधिएको प्रश्नमा भने त्यो कुरा नेता थापालाई नै सोध्न आग्रह गरे ।

होइन तपाईं भन्नुहोस् ? भनेर गरेको प्रश्नमा उनले भने,”युरोपियन युनियनबाट कस–कसले कति–कति पैसाको भुक्तानी लिए, त्यसको प्रमाण मसँग छ । पी खरेलले नयाँ पत्रिकामा आर्टिकल लेख्नुभएको छ । त्यसमा पहिलो पुस्ताले कुम्ल्याए–कुम्ल्याए । त्यसपछि आएका दोस्रो र तेस्रो पुस्ताका नेताहरु ती पनि तपाईंहरुले मात्रै खाएर हुन्छ हामीलाई चाहिँदैन भनेर गएका थिए ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *