कपनबाट सालकको खपेटासहित २ जना पक्राउ

काठमाडौं, नेपाल प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपेटासहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले काठमाडौँ महानगरपालिका–६ बौद्ध कपन सरस्वतीनगरबाट एक किलोग्राम ८०० ग्राम संरक्षित वन्यजन्तु सालकको खपेटा सहित धादिङ थाक्रे गाउँपालिका–३ डाँडाखर्कका ३० वर्षीय कुलबहादुर तामाङ र २० वर्षीय जयराम तामाङलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गङ्गा पन्तले संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको सूचनाका आधारमा दुई जनालाई पक्राउ गरिएको जानकारी दिइन् ।

उनीहरुलाई आखेटोपहार झोलामा बोकेर हिँडेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता पन्तले बताइन् । पक्राउपछि दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाएको ब्यूरोले जनाइएको छ ।

यो पनि पढ्नुहोस : काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य रुपमा क्वारे#न्टिन बस्नुपर्ने

काठमाडौं, काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अब अनिवार्य रुपमा क्वा#रेन्टिन वा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार जारी गरेको आदेशमा को#रोना संक्रमण तीव्र रुपमा बढिरहेकाले अब उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वा#रेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने जनाएको छ ।

को#रोना भाइ#रसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बसेको संयुक्त बैठकले उपत्यकामा वैशाख १६ गतेदेखि २२ गते मध्य रातिसम्म एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *