कस्तो अचम्म ? दांत माझ्दा एक महिलाले टूथब्रश नै निलिदिईन्

एजेन्सी । ब्रश गर्दा निलेपनि कोलगेट निलिन्छ । तर साऊदी अरबमा एक महिलाले त दाँत सफा गर्ने टूथब्रश नै निकलेकी छन् । ती महिलाले टूथब्रश निलेपछि उनलाई तुरुन्तै अस्पताल लगिएको थियो । अस्पतालमा उनको पेटबाट डाक्टरहरुले जब टूथब्रश निकाले तब सबै अचम्मित भए ।

डाक्टरको एक टीमले अप्रेसन गरिरहेका महिलाको पेटबाट टूथब्रश निकालेका छन् । स्थानीय मिडिया रिर्पोटका अनुसार टूथब्रश निलेकी महिलाको उपचार मक्काको ए वन नूर अअस्पतालमा भएको थियो । ती महिलाको पेटबाट टूथब्रश निकालि सकेपछि डाक्टहरुले उनलाई सोधेका थिए कि कसरी यत्ति ठूलो टूथब्रश तिमीले निलेको ?

टूथब्रश निलेकी उक्त महिलाको उमेर २० वर्षको रहेको स्थानीय मिडियाहरुले बताएका छन् । उक्त २० वर्षीय महिलाले आफ्नो अनुभव सुनाएकी थिईन् । जुन कुरा सुनेर डाक्टर सबै नै दंग परेका थिए । उनले त्यो दिनको घटना अस्पतालको इमेरजेन्सी डिर्पाटमेन्टका डाक्टरहरुलाई ब्रश गर्दैगर्दा अचानक टूथब्रश आफुले निलेको बताएकी थिईन् ।

ती महिलाको भनाई अनुसार ब्रश गर्ने समयमा चिप्लिएर अचानाक आफ्नो घाँटीमा छिरको थियो । आत्तिंदै उनले घाँटसिम्म पुगेको ब्रशलाई निकाल्ने कोशिश गरिन् तर निक्लनुको साटो ब्रश उनको पेटमा पुगेको उनले अप्रेसनमा खटिएका डाक्टरहरुलाई बताईन् ।

अप्रेसन टीमका डाक्टहरुले ती महिलाको पेटबाट टूथब्रश निकालेपछि उनलाई खतरा मुक्त भएको बताएका थिए । डाक्टरहरुले आफ्नो सफल अप्रेशन गरेको हुनाले उनले डाक्टर सबैलाई धन्यबाद दिएकी थिईन् । साथै उनले अबदेखि यस्ता कुरामा आफु सधैं सचेत रहने पनि बताएकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *