काँग्रेसले कुल बजेटको २० प्रतिशत बजेट शिक्षामा छुट्याउन सरकारसँग माग

काठमाडौं, नेपाली काँग्रेसले कुल बजेटको २० प्रतिशत बजेट शिक्षामा छुट्याउन सरकारसँग माग गरिइएको छ ।

काँग्रेसको केन्द्रीय शिक्षा विभागका सचिव डा। कृष्णप्रसाद पौडेलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बाल शिक्षा र विद्यालयका कर्मचारी उचित पारिश्रमिकको व्यवस्थापन गर्न पनि माग समेत गरिइएका छ ।

काँग्रेसले विद्यालय तहमा रहेका राहत दरवन्दी, साविक उच्च मावि (अनुदान), अस्थायी लगायतका शिक्षकहरुलाई वैज्ञानिक प्रकृया अपनाई एकै प्रकारको शिक्षक दरवन्दी सिर्जना गर्न शिक्षा मन्त्रालयको ध्यानाकर्षण गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका आंशिक शिक्षकहरुको समस्या समाधान गर्न कांग्रेसको नेतृत्वमा रहको विगतको सरकार स्वीकृत गरेको १४२० दरबन्दी कार्यान्वयनमा लागि आंशिक प्राध्यापकहरूको समस्या पूरा गर्न पनि जोडदार माग गरिएको विज्ञप्तिमा समेत उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस् : लुम्बिनी प्रदेशका विपक्षी दलहरुले प्रदेश प्रमुखको कार्यालय घेराउ

काठमाडाै, लुम्बिनी प्रदेशका विपक्षी दलहरुले प्रदेश प्रमुखको कार्यालय घेराउ समेत गरेका छन् ।

प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि रुष्ट भएका विपक्षी दलहरुले नियुक्ति बदरको माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका छन् ।

प्रदेश प्रमुखले एमाले र विपक्षी गठबन्धनसँग समान ४०–४० सांसद भएको अवस्थामा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै विपक्षी गठबन्धन आक्रोशित बनेको जानकारि दिइएका छन् ।

एमालेका तीन सांसदले राजीनामा दिइसकेका छन् भने जसका आधारमा एमालेसँग अब ३७ संसदमात्र बाँकी रहेका छन् । उता, विपक्षी गठबन्धनले ४० सांसदको समर्थन सहित प्रदेश प्रमुख समक्ष सरकार गठनको दावी समेत गरिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *