काँग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय

काठमाडाै, नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले ओलीलाई विश्वासको मत नदिने र ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अरु दलसँग पनि छलफल गर्ने बैठकले निर्णय गरेको काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले मेगा खबरलाई बताए ।

ओलीले वैशाख २७ गते विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन् । सो बैठकलाई माओवादीले पनि राम्रो उद्देश्यले नबोलाइएको ठहर गरिइएको छ ।

आज पार्टी कार्यालय कोटेश्वरमा बसेको माओवादीको स्थायी समिति बैठकले २७ गतेको प्रतिनिधिसभा बैठकको राजनीतिक आशय र उद्देश्य राम्रो नरहेको निष्कर्ष निकालेको छ ।

यो पनि पढ्नुहोस : काठमाण्डौ उपत्यकामा मात्रै तीन हजार आठ सय ९३ जनामा को#रोना स#ङ्क्रमण

काठमाण्डाै, पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै तीन हजार आठ सय ९३ जनामा को#रोना भा#इरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

काठमाण्डौमा दुई हजार सात सय ७९ जना, लतिपुरमा ६ सय एक जना र भक्तपुरमा पाँच सय १३ जनामा को#रोना स#ङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

केही दिनयता काठमाण्डाै उपत्यका लगायत ठूला सहर काे#राेना स#ङ्क्रमणकाे हटस्पट बन्दै गएकाे छ । स#ङ्क्रमणकाे यही अवस्थालाई मध्यनजर गर्दै विभिन्न जिल्लामा पूर्ण तथा आंशिक प्रतिबन्ध लगाइएकाे छ ।

पछिल्लाे २४ घण्टामा देशभर सात हजार ६ सय ६० जना काे#राेना भा#इरसका स#ङ्क्रमित थपिएका छन् भने थप ५५ जनाकाे ज्यान गएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *