कांग्रेस नेता पौडेलले प्रधानमन्त्री ओलीलाई सोधे, ‘दमौलीमा मलाई किन पक्राउ गर्नुभयो ?’

काठमाडौ कांग्रेस नेता पौडेलले। मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलिय बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसंग आमने सामने भएका छन् । केही दिन अघि दमौलीमा प्रहरीले कांग्रेस नेता पौडेललाई पक्राउ गरेको थियो । प्रधानमन्त्रीसंगको भेटमा नेता पौडेलले आफूलाई दमौलीमा प्रहरीले पक्रनुको कारणबारे जवाफ खोजेका छन्।

पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर मंगलबार प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाएका थिए । सो बैठकमा पुगेका पौडेलले तनहुँमा प्रहरीले आफूलाई किन पक्रेको हो भन्दै प्रश्न गरेका छन् ।

मंसिर १७ गते तनहुँको व्यास नगरपालिका वडा नं १ र १०, ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्घाटन गर्ने क्रममा नेकपा र कांग्रेस कार्यकर्ताबीच विवाद भएपछि तनहुँ प्रहरीले पौडेलललाई पक्राउ गरेर केहीबेर राखेको थियो ।

सर्वदलीय बैठकमा सोही प्रशंग कोट्याउँदै पौडेलले सरकार सर्वसत्तावादी दिशामा अघि बढेको आरोप लगाउँदै प्रधानमन्त्रीसंग आफुलाई पक्राउ गर्नुको कारण सोधेका थिए । । उनले सरकारले नैतिक शक्ति गुमाउँदा अहिले सडकमा राजावादीहरु सलबलाएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *