कांग्रेस नेता रामचन्द्र पौडेल पक्राउ

काठमाडौ नेता रामचन्द्र पौडेल पक्राउ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ। तनहुँको व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट पौडेललाई प्रहरीले पक्राउ गरेको हो। तनहुँमा विवाद बढ्दै गएपछि स्थानिय प्रशासनले कर्फ्यु जारी गरेको थियो । प्रशासनले निशेषाज्ञा जारी गरेको स्थानमा पुगेका पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

आफ्नो गृहजिल्लामा रहेका पौडेल त्यहाँ विभिन्न कार्यक्रममा सरिक भइरहेका छन् । त्यसैबीचमा नेकपा र कांग्रेसका नेता कार्यकर्ताबीच कार्यक्रमको विषयलाई लिएर विवाद सिर्जना भएको हो । अवस्था विग्रन नदिन स्थानिय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा तोडेपछि पौडेललाई नियन्त्रणमा लिइएको तनहुँ प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले निषेधाज्ञा तोडेकोले पौडेललाई नियन्त्रणमा लिइएको जानकारी दिए। भिडभाडमा नेता पौडेलको सुरक्षा अवस्था समेतलाई हेरेर नियन्त्रणमा लिनु परेको सिडिओले बताएका छन् । वरिष्ठ नेता पौडेलले पनि आफूलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको बताएका छन्।

‘भर्खंर प्रहरी परिचालन गरेर मलाई र तनहुँ जिल्ला कार्यबाहक सभापति जितप्रकाश आलेलाई हिरासतमा लिएको जानकारी दिन्छु । उनले प्रहरीले सर्वसाधारण माथि पनि बल प्रयोग गरेको भन्दै विरोध जनाएका छन् ।

आज पौडेलले तनहुँ व्यासस्थित तालघरे(दुम्सी जोड्ने बुल्दी पुल उद्घाटन गर्ने कार्यक्रम थियो। पुल उद्घाटन नेता पौडेलले गर्न नहुने भन्दै नेकपा र युवा संघले बुधबार बिहान ११ बजेदेखि करिब आधा घण्टा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन र कोणसभा गरेको थियो।

पौडेलले मंगलबारमात्र तनहुँको ब्यास नगरपालिका र रिसिङ गाउँपालिका जोड्न सेती नदीमाथि बनाइएको पुलको उद्घाटन गरेका थिए । सो कार्यको नेकपाले विरोध जनाएको छ । नेकपाको विरोधको बीच नेता पौडेलले बुधबार अर्को बुल्दीखोला पुल उद्घाटन गर्ने तयारी गरे पछि समस्या थप बढेको हो ।

ब्यास नगरपालिकाका मेयर समेत रहेका तनहुँ कांग्रेसका सभापति बैकुण्ठ न्यौपानेले पुल उद्घाटनका लागि भन्दै निमन्त्रण समेत बाँडेको जनाएका छन् । तर त्यसको विरोधमा नेकपाले दमौलीमा प्रदर्शन गरेको छ । पुल उद्घाटन रोक्न भन्दै नेकपा निकट युवा संघको ब्यानरमा दमौलीमा विरोध जुलुस निस्किएको छ। तर निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न पौडेल अघि बढेपछि नियन्त्रणमा लिनु परेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *