Loading...
चाखलाग्दो कुरा

कागती र सुन्तलाबाट पारदर्शी काठको निर्माण

kath

कागती र सुन्तलामा पाइने एक तत्त्वको सहायताले वैज्ञानिकहरूले पारदर्शी काठ बनाएका छन् । यस काठबाट प्रकाश आरपार हुन्छ । यसले तातोलाई पनि रोकेर राख्छ । अनि यो शतप्रतिशत नवीकरणीय छ ।

केटीएच रोयल इन्स्टिच्युट अफ टेक्नोलोजीकी वैज्ञानिक सेलीन मोन्टानारी र उनको टोलीले यसलाई बनाएका हुन् । यस्तो काठबाट घरै बनाउन सकिने वा घरका फर्निचर बनाउन सकिने मोन्टानारीको भनाइ छ ।

यो काठ बनाउनका लागि लिगनिनको उपयोग गरिएको मोन्टानारीको भनाइ छ । त्यसो त लिगनिन सबै काठमा पाइन्छ र यसले प्रकाशलाई धेरै खिच्छ ।

तर लिगनिनको बीचमा धेरै र सानासाना प्वाल हुन्छन् । तिनलाई राम्ररी भर्नुपर्ने हुन्छ । त्यसो गर्दा काठ पारदर्शी हुनुका साथै बलियो हुन्छ । फरक फरक मौसममा त्यो बिग्रन पनि भएन ।

मोन्टानारीका अनुसार, कागती, सुन्तला र अन्य अमिला फलहरूमा लाइमिन एक्रीलेट नामक रसायन हुन्छ । त्यसलाई लाइमिनबाट बनाइन्छ । कागती र सुन्तलाको फ्याँकिएको बोक्राबाट लाइमिन निकालिएको हो ।

लाइमिन निकालेपछि त्यसलाई पोलिमरमा परिणत गरिएको थियो । त्यसमा लिगनिनको जस्तो शक्ति हुन्छ र त्युले प्रकाशलाई वारपार जान पनि दिन्छ । पारदर्शी काठ १.२ मिलिमिटर मोटो छ । त्यसबाट ९० प्रतिशत स्पष्ट देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *