Loading...
समचार

काठमाडौँमा कुकुर दर्ता नगरे कारबाही हुने

dogs in ktm

काठमाडौँ, महानगरपालिकामा  कुकुर पाल्न सौखिन कुकुर धनीले अब आफ्नो घरको कुकुर वडा कार्यालयमा अनिवार्य दर्ता गराउनुपर्ने छ ।

घरपालुवा कुकुरको उचित संरक्षण  नगरिएको, बटुवा  वा छरछिमेकमा हैरानी गराएको र  सार्वजनिक स्थलमा  मलमूत्र त्याग गराएर फोहोर गरेपछि दर्ता अभियान  सुरु  गर्न  लागेको  हो । महानगरले सचेतना  अभियान चलाउँदा पनि नभएपछि अब दोस्रो  चरणमा  कुकुर  धनीलाई कारबाहीसमेत गर्ने छ ।

महानगरपालिकाले घरपालुवा  कुकुरलाई सार्वजनिक स्थलमा शाैच गराउने कुकुरधनी उपर निगरानी बढाएको छ । ओमबहाल, मैजुबहाल, जयबागेश्वरी, सिफल, कालोपुल लगायतका क्षेत्रका बाटोमा कुकुरलाई शाैच गराइरहेका कुकुरधनीहरुलाई  नियन्त्रणमा  लिएर सचेत गराउन समेत अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *