Loading...
समचार

काठमाडौं र ललितपुरका ३३ एसएसपीको सरुवा

३३ एसएसपीको सरुवा

काठमाडौं ३३ एसएसपीको सरुवा। काठमाडौं र ललितपुर प्रहरी परिसर प्रमुखसहित ३३ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)को सरुवा भएको छ । गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार आइतवार (मंसीर ७) गतेबाट लागू हुनेगरी एसएसपी सरुवा गरिएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंमा अशोक सिंहलाई सरुवा गरिएको छ । उनी यसअघि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध नियन्त्रण महाशाखामा कार्यरत थिए । काठमाडौंको प्रहरी प्रमुखमा श्याम ज्ञवालीलाई भने अशोक सिंहको ठाउँमा लगिएको छ ।

त्यस्तै महानगरीय प्रहरी परिसर ललितपुरमा एसएसपी टेकबहादुर राईको ठाउँमा एसएसपी किरण बज्राचार्यलाई लगिएको छ । बज्रचार्य यसअघि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा थिइन् । एसएसपी राईलाइ भने कार्य विभाग कार्यालय महाशाखा नक्सालमा सरुवा गरिएको छ ।

त्यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखामा एसएसपी भीमप्रसाद ढकाल पनि सरुवामा परेका छन् । एसएसपी ढकालको ठाउँमा एसएसपी जनक भट्टराईलाई ल्याइएको छ । एसएसपी सन्दीप भण्डरी, दीपेश लोहनी, शेखर कोइराला, रामदत्त जोशी लगायत एसएसपीको सरुवा भएको छ ।

पछिल्लो पटक बसेको मन्त्रीस्तरीय बैठकको निर्णयले प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गरेसँगै प्रहरीमा प्रदेशमा प्रहरी समायोजन र स्वीकृत दरबन्दी अनुसारको बढुवाका लागि बाटो खुलेको छ । त्यस्तै नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र प्रहरी नायब महानिरीक्षक (डीआइजी)को दरबन्दी थप हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *