Loading...
समचार

काठमाण्डौमा भोलीदेखि निश्चित समयमा मात्रै अत्यावश्यक वस्तुका पसल खोल्न दिने तयारी

lock

काठमाण्डाै, जिल्ला प्रशासन कार्यालय काठमाण्डौले निश्चित समयमा मात्रै अत्यावश्यक वस्तुका पसल खोल्न दिने तयारी गरिइएको छ ।

आज यस विषयमा छलफल भए पनि निर्णय भने हुन बाँकी रहेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मेगा खबरलाई जानकारी दिए ।

काठमाण्डौमा निषेधाज्ञा भए पनि प्रभावकारी नभएको निष्कर्ष निकाल्दै थप कडाइ गर्ने तयारी गरेको उनले बताए । उनका अनुसार अब बिहान १० बजेसम्म मात्र अत्यावश्यक पसलहरू खोल्न अनुमति दिइने तयारी भएको छ ।

यसअघि बेलुका ५ बजेदेखि ७ बजेसम्म पसल खोल्न अनुमति दिएको भए पनि त्यसमा कडाइ गरिने भएको छ । निषेधाज्ञालाई कडाइ गर्न भोलिदेखि मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्य बाहेकका गाडीलाई पास नदिने पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।

यो पनि पढ्नुहोस् : प्रधानमन्त्री ओलीले नेपाल बैंकमा अनलाइनबाट खोले खाता

काठमाडौं, चौंथो राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बैंकमा अनलाइनबाट खाता खोलेका छन् ।

ओलीले नागरिक एपको शुभारम्भ गर्दै एपमार्फत नेपाल बैंकमा खाता खोलेका छन् । नागरिक एपबाट प्यान कार्ड, प्रहरी रिपोर्ट, मालपोत, शैक्षिक प्रमाणपत्र, नागरिकता, पासपोर्ट एवं मतदाता कार्ड सहितका विवरण समावेश गरिइएको छ ।

नागरिक एपमा रहेको क्यूआर कोड प्रयोग गरी अनलाइनबाट बैंक खाता, लोक सेवा फाराम भर्न, सिम कार्ड खरिदका साथै पहिचान आवश्यक पर्ने सबै स्थानमा उपयोगी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *