किन रोकियो ‘भद्रगोल’ ? हेर्नुहोस यस्तो रैछ कारण !

काठमाडौँ । हाँस्य सिरियल ‘भद्रगोल’को प्रशारण रोकिएको छ । टेलिभिजन र युटुबमा राम्रो दर्शक बटुल्न सफल यो हाँस्य सिरियल नयाँ आर्थिक बर्ष लागेसँगै प्रशारण भएको छैन ।

आखिर किन रोकियो त ‘भद्रगोल’ रु श्रृखला निर्देशक दीपक आचार्य भन्छन्–‘नयाँ आर्थिक वर्ष सुरु भएपछि विज्ञापन एजेन्सीसँग सम्झौता नविकरण गर्नुपर्ने हुन्छ ।

त्यो अहिले भएको छैन । आन्तरिक कुराहरु नमिलेकाले हामीले सिरियल प्रशारण गर्न नसकेका हौं । मिडिया हवसँग सम्झौता भएसँगै सिरियल पुन प्रशारण हुन्छ ।’ यो सिरियल रोकिएपछि टिमले दर्शकको गाली पाइरहेको छ ।

गाली पनि गुनासो र मायाको लागि भएको दीपकको तर्क छ । अहिले ‘भद्रगोल’को कुनै पनि श्रृङ्खला छायांकन भएको छैन । संझौता भएपछि मात्र नयाँ भाग छायांकन गर्ने दीपकको भनाई छ ।

यो पनि पढ्नुहोस : काठमाण्डाै उपत्यकामा आजदेखि फेरि एक हप्ता निषेधाज्ञा

काठमाण्डाै, उपत्यकामा आजदेखि एक हप्ता निषेधाज्ञा थपिएको छ ।को#रोना भाइरस संक्रमणको जोखिम बढ्दो क्रममा रहेकाले काठमाण्डौमा एक हप्ता निषेधाज्ञा थपिएको छ ।

काठमाण्डौमा निषेधाज्ञा थप कडाइ सहित बैशाख २९ गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मेगा खबरलाई जानकारी दिए ।

यस अघिको आदेशमा खाद्यान्न लगायत अत्यावश्यक सामग्री खरिदबिक्रीका लागि बिहान र बेलुका समय तोकेर खुला गरिएको थियो । आजदेखि भने बिहान ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी पराजुलीको भनाइ रहेको छ ।

सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा दुई सय र काठमाण्डौ उपत्यका तथा तराईमा पाँच सय सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख लिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *