कुकरलाई बनाए बाघ, बाँदरवाट बाली जोगाउन किसानले निकाले यस्तो जुक्ति

काठमाडौं कुकरलाई बनाए बाघ। नेपालका पहाडी जिल्लामा बाँदरले किसानले लगाएका अन्नबाली खाएर हैरान पार्छन । वर्षभरी खान भनेर मेहनत गरेर लगाएको अन्नबाली खाएर हैरान पार्ने बाँदर धपाउन अनेक उपाय अपनाएका हुन्छन् । नेपालमा मात्र होइन अन्य मुलुकमा पनि बाँदरले त्यस्तै हैरान बनाउने गर्छ । बाँदर त जहाँका पनि उस्तै हुन् । जहाँ पनि किसानलाई नै दुख दिन्छन् । नेपालमा कतिपय स्थानमा बाँदरवाट जोगाउने कार्यक्रमका लागि वजेट समेत विनियोजन गरिएको छ । स्थानिय तहमा त्यस्ता कार्यक्रम छन् ।

नेपालको जस्तै हैरानी खेपेका भारत कर्नाटकका किसानले भने बाँदरले गर्ने नोक्सानीवाट अन्नबाली जोगाउन अनौठो उपाय अपनाएका छन् । कर्नाटकका एकजना किसानले अपनाएको यो अनौठो शैलीले सबैलाई चकित पारेको छ । ती किसानले बाँदरबाट आफ्नो बाली जोगाउनका लागि आफ्नो घरको कुकुरलाई बाघ जस्तै बनाइदिएका छन् । बाघको जस्तै पेन्टिगं गरेर उनले बाली भएको स्थानमा कुकुरलाई राखिदिने गरेका छन् ।

कुकुरलाई बाघ बनाउन उनले अनेक जुक्ति लगाए । उनले आफ्नो कुकुरलाई ठ्याक्कै बाघको जस्तै गरी रंग लगाइदिएका छन् । जसका कारण त्यो कुकुर ठ्याक्कै पाटेबाघ जस्तो देखिन्छ । उनको यस्तो जुक्तिले काम गरेको छ । अहिले उनको बाली नोक्सान हुनवाट जोगिन थालेको छ । बाघ बनाइएको यो कुकुरबाट बाँदर तर्सिन थालेको छ । कुकुरलाई साँच्चीकै बाघ ठानेपछि बाँदरहरु खेतको आसपास आउन समेत डराएका छन् । ती किसानले कुकुरलाई बाघ बनाउनका लागि सामान्य रङको प्रयोग नगरी हेयर डाईको प्रयोग गरेको बताएका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *