कुलेश्वरबाट दुई लाख नगद र सात लाखको चेकसहित सात जुवाडे पक्राउ

काठमाडौँ सात जुवाडे पक्राउ — नेपाल प्रहरीले चेक सहित दुई लाख ३८ हजार ८ सय ५० नगद र सात लाख ९४ हजार ८ सय ७० रूपैयाँ बराबरको विभिन्न बैंकको  सात जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरमा ४४ वर्षीय शिव श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा सोमबार साँझ  गरेको छ ।

पक्राउमा धादिङका ४१ वर्षीय राजु पौडेल, काभ्रेका ४४ वर्षीय यादव चौलागाईँ,  चितवनका ३१ वर्षीय राजीव श्रेष्ठ, केशवप्रसाद मुडवरी, बाराका ४१ वर्षीय श्याम तामाङ र कैलालीका २८ वर्षीय प्रेम बडवाल रहेका छन् ।

वृत्तका प्रमुख प्रहरी नायब उपररीक्षक अपिलराज बोहराले ठूलो रकम हारजित हुने गरी जुवा खेलिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले पक्राउ परेकासँग विभिन्न बैंकको ११ थान चेकबुक र एक बुक तास समेत बरामद गरेको छ । जुवा ऐन अन्तर्गत पक्राउ परेकालाई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *