केपी ओलीको चतुर रणनीति सफल प्रयोग, बैठकबाटै धकेलिदिए नेकपा विवाद

काठमाडौ केपी ओलीको चतुर। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीको चतुर रणनीतिका कारण आजै अप्रिय बन्नसक्ने नेकपाको सम्भावित खतरा टरेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालय बैठकमा नबस्ने की भन्ने अवस्थामा रहेका ओलीले चतुर रणनीति बनाए । केही दिन पछि बैठक सार्न गरेको आग्रह प्रचण्डपक्षले अस्वीकार गरेपछि ओलीले बैठकबाट नै अहिलेको सम्भावित अवस्थालाई टार्ने रणनीति लिए ।

त्यसपछि बैठकमा सहभागी हुने र बैठकमा आफुले छुट्टै प्रस्ताव राख्ने माग गर्ने साथै सबै विषय पार्टीको तल्लो तहको कार्यकारी कमिटी केन्द्रीय कमिटीबाट टुङ्गो लगाउने रणनीति बनाए । यही प्रस्ताव आजको सचिवालय बैठकमा राखे । नभन्दै ओली सफल भए । त्यो समयसम्म थप रणनीति बनाउँन समय प्रसस्त हुने ओली पक्षको बुझाई छ ।

बैठकमा ओली नै हावी हुनुभयो । केही ढिला छिर्नुभयो । सबैलाई अभिवादन गर्नुभयो । कमरेडहरु अब सचिवालयमा मेरोपनि प्रस्ताव आउँछ भन्नुभयो । सबै कमिटीमा छलफल गरौँ अरु कमिटीका बैठक तोकौँ भन्नुभयो । उहाँ बोल्दा सबै चुपचाप रहे । ओलीको व्यक्तित्व नै आजपनि हावी भयो । सबै गरुडको छायाँमा परेजस्ता भए बैठकमा सहभागी एक नेताले नाम नखुलाउने शर्तमा बताए ।

अब सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टा-छुट्टै राजनीतिक प्रस्ताव पेश गर्ने भएका छन् । अध्यक्ष प्रचण्डले पेश गरिसकेका छन् भने ओलीले अब पेश गर्नेछन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले छुट्टै प्रस्ताव ल्याउने बताएपछि बैठकले स्वीकृती दिएको छ ।

यससँगै बैठक १० दिनका लागि स्थगित भएको छ । अब सचिवालय बैठक मंसिर १३ गते बस्नेछ । साथै १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक समेत बोलाइएको छ । अब सबै बिषय पार्टीको फूल कमिटीबाट छिनोफानो गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *