के तपाँइ बच्चाले झुट बोलेर हैरान हुनुहुन्छ ? यसरी हटाउनुहोस झुट बोल्ने वाणी !

काठमाडौंः प्राय आमाबाबु छोराछोरीलाई झूट बोल्ने वाणीलाई बेवास्ता गर्नुहुन्छ, तर पछि तिनीहरूले यी आदतको धेरै खराब परिणामहरूको सामना गर्नुपर्ने कुरामा ख्याल गर्नु हुँदैन। भविष्यमा हुनसक्ने खत्तरालाई मध्यनजर गर्दे हामी तपाँइलाई बच्चाको झुट बोल्ने वाणीलाई कसरी रोक्ने भन्ने बारेमा जानकारी गराँउदैछौं । किनकि समयमा नैं यो कुरामा ख्याल गर्नुभएन भने यो वाणी बढ्दै जान्छ कि भोलीका दिनमा यसलाई हटाउन धेरै गाह्रो हुन्छ । तपाँइको बच्चाहरू तीन कारणले झूट बोल्छन्।

पहिलो. एक शिक्षकको डरको कारण, दोस्रो.छोराछोरीहरू आफैं आफन्तहरु अथवा आमाबाबु कसैको बीचमा फसे भने तेस्रो. एक ठाउँमा जहाँ तिनीहरू आफुलाई खतरा भएको महशुस गर्छन । यीनीहरु सबैजना कमजोर भावना भएका त्रच्चाहरु हुन जो सानोसानो कुरामा सम्मान पाउँनको लागि पछि झुट बोल्ने गर्छन । के तपाईं चाहानुहुन्छ तपाँइको बच्चाले झुट नबोलोस ? तपाइँ केहि उपायहरू लिएर यो आदतबाट छुटकारा लिन सक्नुहुन्छ र सजिलैबाट हटाउन सक्नुहुनेछ।

१. बच्चालाई सोध्ने तरिका परिवर्तन गर्नुहोस्
जहिले पनि बच्चालाई कुनै कुरा सोध्दा उसलाई हप्काएको तरिकाले प्रश्न नर्गनुहोस,जस्तैः दाँत माझ्यो ? कोठा सफा गर्यो कि नाँइ ? यो कुरालाई तपाँइ यसरी सोध्न सक्नुहुन्छ तिमी आफ्नो कोठा कतिबेला कसरी सफा गर्दैछौ ? यस्तो अवस्थामा तपाँइको बच्चाले कहिल्लै झुट बोल्दैन ।

२. के गर्ने के नगर्ने भन्नुहोस्

हामी आफ्नो बच्चालई भन्छौं तिमीले यस्तो काम गलत गरेका छौं यति मात्रै भन्दा उसले त्यो गर्न छोड्दैन तपाँइले के पनि भन्नुपर्छ भने तिमीले यो गलत गरेका छौं यसले यस्तो खालको असर गर्छ सम्झाउने तरिकाले भन्नु भयो भने उसले फेरि त्यो कार्य दोहोर्यार गर्दैनन । किनभने तपाँइको बच्चालाई थाहाँ हुँदैन के ठिक हो र के बेठीक हो त्यसैले निम्त्याउने परिणाम सहित जानकारी गराउनुहोस ।

३.तपाईंको स्वार्थ नदेख्नुहोस
यो अक्सर हुन्छ कि हामी बच्चाहरूलाई फोनमा झूट बोल्दै भन्छौं कि बुबा घरमा घर छैन। कसैले ढोकामा घण्टी बजाएर बुवाको बारेमा सोध्यो भने घरमा हुनु हुन्न भन्नु भनेर हामीले आफ्नो क्षणिक लाभ त उठाउन सक्छौं तर तपाईंको बच्चा झूटो बोल्न सिकिरहेको हुन्छ,त्यसैले यस्तो कार्य पनि कहिल्लै नगर्नुहोस ।

४.बिना शर्त माया दिनुहोस्
बच्चाहरु लाई पूर्ण विश्वास हुनु पर्छ कि उसलाई कुनै पनि समयमा मायामा फेरबदल भएको छैन । यद्यपि उसले गलत्त काम नै गरेको किन नहोस तर तपाँइले बच्चाको लागि धेरै माया वा कम माया गर्नेजस्तो व्यवहार गर्नुहुँदैन । यदि तपाँइको बच्चालाई थाहाँ भयो भने, त्यो डराउनेछैन र झूट बोल्नेछैन ,किनभने तपाँइको बच्चाले झूटो बोल्ने डरले गर्दा हो ।

५.प्रेमपुर्वक सम्झाउनुहोस
जब एउटा गिलास गिलास वा अन्य कुराहरु तोडिन्छ हामी बच्चालाई कसले तोडेको ? भनेर डराउने शैलीमा प्रश्न गर्छौ जसले गर्दा उसलाई लाग्छ आज बुवाले पिट्नुहुन्छ पिटाई खाने डरले उसले झूटो बोल्नेछ कि उसले गिलास फुटाएको होईन । त्यस्तो अवस्थाबाट बच्नुहोस्, प्रेमको साथ सोध्ने गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *