Loading...
चाखलाग्दो कुरा

के तपाईको ओठ कालो छ? यदि छ भने यस्तो घरेलु उपाय अपनाउनुस्

lips

चुरोट, बिँडी जस्ता पदार्थहरु पिउनु स्वास्थ्यका लागि हानिकारक छ । यसको लतले शरीरमा विभिन्न अंगमा गम्भीर असर पनि पुर्याउँछ । धुम्रपानको लतले ओठ तथा दाँतहरुको रंग पनि परिवर्तन गराउँछ । 

१, चुकन्दर
चुकन्दर खाँदा शरीरमा रगतको मात्रा बढ्छ । यसले छालालाई पनि चम्किलो बनाउँछ । साथै, ओठलाई पनि गुलाबी बनाउँछ । धुम्रपानको कारण ओठ कालो भएमा चुन्दरको टुक्रा लिने र त्यसमा पेट्रोलियम जेली लगाएर ओठमा लगाउने गर्दा ओठ गुलाबी बन्दै जान्छ । 

२ बेसार र दुध
थोरै दुधमा बेसार मिसाएर ओठमा लगाउने र केही समय छोडिदिने । र त्यसपछि चिसो पानीले पखाल्ने गर्दा ओठ सफा हुँदै जान्छ । 

३ कागती
शरीरको सफाईका लागि कागती अत्यन्तै उपयोगी मानिन्छ । यसले कपालमा चाँया आउने समस्या पनि कम गर्छ । भने छालालाई सेतो पनि बनाउँछ । कागतीको सानो टुक्रा लिएर ओठमा लगाउने गर्दा ओठ पनि सफा हुन्छ । एक चम्चा चिनीमा दुई थोपा कागतीको रस मिसाउने र ओठमा लगाउने गर्दा पनि ओठको समस्या समाधान हुन्छ । 

जैतूनको तेलः यदि ओठ पूरै फुटेको छ र कालोपन पनि आएको छ भने जैतूनको तेल अर्थात् ओलिभ आयलमा भ्यासलिन मिसाएर दिनमा ती चारपटक लगाउनुहोस्, ओठ चिरिएको निको हुनेछ भने ओठ हल्का गुलाबी पनि हुनेछ।

महः महको प्रयोगले केही दिनमै ओठ चमकदार र मुलायम हुन्छ।यसका लागि थोरै महलाई आफ्नो औंलामा लिएर बिस्तारै ओठमा लगाउनुहोस् वा महमा थोरै स्वाग मिसाएर ओठमा लगाउनुहोस्। दिनमा दुइपटक यो उपाय अपनाउनाले केही दिनमै असर देखिनेछ।

अण्डाः अण्डा स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्य बढाउन पनि उपयोगी मानिन्छ। यसको लेप लगाउनाले पनि ओठको चमक बढ्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *