Loading...
कोरोना अपडेट

कोरोनाबाट नेपालगञ्जका शिक्षा शाखा अधिकृत विष्टको मृत्यु

bista

बाँके – नेपालगन्ज उपमहानगरपालिकाका शाखा अधिकृत दान बहादुर विष्टको कोरोनाका कारण मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा आइतबार राती दुई बजे मृत्यु भएको हो । बिहीबार कोभिड पोजेटिभ पुष्टि भएपछि उनलाई अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

विष्टका आफन्तका अनुसार, बिहीबार श्वासप्रश्वासमा समस्या भएपछि विष्टले कोरोना जाँच गरेका थिए । त्यसको रिपोर्ट पोजिटिभ आयो । त्यो दिन विष्ट घरमै बसे ।

होम आइसोलेशनमा बस्दा समस्या भएपछि शुक्रबार भेरी अस्पताल, नेपालगञ्जमा भर्ना भएका थिए । आफन्तीहरु कैलालीमा रहेका विष्टको बसोबास नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४, बसपार्कमा रहेको छ । विष्टको शवलाई कैलाली लैजाने तयारी गरिएको छ ।

नेपालगन्जमा यसअघि एक जनप्रतिनिधि र उपमहानगरपालिकाकै जिन्सी शाखाका युवराज घलेको मृत्यु भएको थियो ।

बाँकेमा ४१ जना कोरोना संक्रमणका कारण गम्भीर भएका बिरामीहरुको उपचार भैरहेको छ । जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले दिएको जानकारी अनुसार, भेरी अस्पतालमा ३० र मेडिकल कलेज कोहलपुरमा ११ जना सिकिस्त कोभिड संक्रमितको उपचार भैरहेको हो ।अस्पतालमा कोभिडको उपचार गराउने मध्यम खालका बिरामीहरुको संख्या ५७ रहेको छ ।

जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरका अनुसार, भेरी अस्पतालमा ३५ र मेडिकल कलेजमा २२ जना मध्यम लक्षण भएका कोभिड संक्रमितको उपचार भैरहेको हो । जिल्लामा होम आइसोलेसनमा बसेका कोभिड संक्रमितको संख्या १ सय ६ रहेको छ । जिल्ला र जिल्ला बाहिरका गरी बाँकेमा २ सय ४ जना कोभिड संक्रमित आइसोलेसनमा रहेका छन् ।

शनिबार थप १० जनामा कोभिड संक्रमण पुष्टि भएको जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले जानकारी दिएको छ । ५ महिला र ५ पुरुषमा कोभिड पुष्टि भएको हो । बाँकेमा हालसम्म ४ सय १ सय ५५ मा कोभिड पुष्टि भएको छ जसमध्ये ३ हजार ९ सय २६ डिस्चार्ज भएका छन् । शनिबार २६ जना कोभिड संक्रमितले आइसोलेन अवधी पुरा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *