कोरोना प्रभावः न्युयोर्कका विद्यालयहरु बन्द

काठमाडौं न्युयोर्कका विद्यालयहरु बन्द। अमेरिकामा पछिल्लो दिन कोभिड–१९ संक्रमण दर बढ्दो छ । कोरोना संक्रमण दर न्युयोर्कमा पनि बढ्दो छ । यसै विषयलाई ख्याल गर्दै त्यहाँका मेयर बिल ब्लाजिओले नोभेम्बर १९ बाट लागू हुनेगरी विद्यालय बन्द हुने बताएका छन् ।

न्युयोर्क शहरमा कोरोना संक्रमण दर बढेर ३ प्रतिशत पुगेपछि विद्यालय बन्दको घोषणा गरेका हुन् । मेयर ब्लाजिओले सार्वजनिक विद्यालय बन्द हुने जानकारी दिँदै कोरोनाको सेकेन्ड वेभसँगै लड्नैपर्ने बताएका छन् । न्युयोर्कका गभर्नर एन्ड्रुयु कुओमोले पछिल्लो संक्रमण दर ३ दशमलब ४३ पुगेको छ । कुओमोका अनुसार बुधवारमात्र न्युयोर्कमा थप ५ हजार २९४ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो भने ३५ जनाको मृत्यु भएको थियो ।

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या साढे २ लाख नाघेको छ । जोन हप्किन्स युनिभर्सिटीले संकलन गरेको तथ्यांक अनुशार महामारी सुरु भएयता अमेरिकामा कोरोना संक्रमणबाट कम्तीमा २ लाख ५० हजार २९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या झण्डै १ करोड १५ लाख पुगेको छ । एजेन्सी

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *