जग्गाको कित्ताकाट गर्न नपाइने

काठमाडौं जग्गाको कित्ताकाट, जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश डा. मनोजकुमार शर्माको संयुक्त इजलासले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले गरेको जग्गा कित्ताकाट फुकुवाको निर्णय माथि बन्द गरिएको । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सुरुमा कित्ताकाट रोके पनि पछि खुला गर्ने निर्णय लिएको थियो । मन्त्रीस्तरीय निर्णयबाट जग्गा कित्ताकाट फुकुवा गरेपछि अधिवक्ताहरू सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले भदौ २८ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चले कित्ताकाटमा रोक लगाउने गरी गरेको निर्णय अब अन्तिम हुनेछ। मन्त्रालयले प्रारम्भमा प्लटिङ गर्न स्वीकृति लिएको र अंशबन्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाट गर्न बन्द लगाए पनि भदौ १८ गतेको निर्णय अनुरूप फुकुवा गरिएको छ । 

कित्ताकाट फुकुवाले जग्गाको खण्‍डीकरण भई भूमाफियाको हातमा जाने दाबीसहित रिट दायर गरिएको थियो । कित्ताकाट फुकुवाको निर्णय चक्लाबन्दी गर्न प्रोत्साहित गर्ने भूउपयोग ऐन २०७६ विपरीत रहेको जिकिर रिट निवेदकको थियो ।

 कित्ताकाट अब सधैंका लागि विवादको निप्टारा भएको छ । कित्ताकाट खोल्दा जग्गाको खण्डीकरण भई भूमाफियाको हातमा जाने र चक्लाबन्दी गर्ने कानुनको मक्सद विपरीत हुने हाम्रो दाबी हो’, रिट निवेदक भण्डारीले अन्नपूर्ण पोस्ट्सँग भने, ‘मागबमोजिम सर्वोच्चबाट निर्णय आएको हो ।  अबका दिनमा जथाभावी कित्ताकाट गर्न बन्देज गराइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *