(JSLBB)जनउत्थान सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, र हकप्रद निश्काशन गर्न (API)अपि पावरले तोक्यो बुकक्लोज

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था (JSLBB) को लाभांस सुरक्षित गर्ने बैशाख २२ गते बुधबार अन्तिम दिन रहेको छ।

लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि बैशाख २३ गतेदेखि बुकक्लोज गर्ने भएकोले बैशाख २२ गतेसम्म कायम शेयरधनीले मात्रै लघुवित्तकाे लाभांश पाउनेछन्।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट ४९.४० प्रतिशतले हुन आउने ३ करोड ९१ लाख २४ हजार ८ सय रुपैयाँ बराबरको बोनस र २.६० प्रतिशत अर्थात २० लाख ५९ हजार २ सय रुपैयाँ नगद वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव अनुमोदन गर्न बैशाख ३० गते साधारणसभा गर्दैछ।

यो पनि पढ्नुहोस : हकप्रद निश्काशन गर्न अपि पावरले तोक्यो बुकक्लोज

अपि पावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्न बुकक्लोज मिति तय गरेको छ। कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्ने प्रयोजनको लागि वैशाख २९ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको हो ।

यसअनुसार बैशाख २८ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन्।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा १ बराबर ०.२९३८ कित्ताको अनुपातमा ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *