जनरल इन्स्योरेन्सको (GIC) खुद बीमाशुल्क घटेपनि नाफा १०७ प्रतिशतले बढ्यो

जनरल इन्स्योरेन्स कम्पनी (GIC) नेपाल लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद बीमाशुल्क घटेको छ भने खुद नाफा बढेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ६ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०७.४८ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क भने १६.१० प्रतिशत घटेर १६ करोड २६ लाख रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १९ करोड ५० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ७ करोड ५६ लाख रुपैयाँ, बीमा कोषमा ८ करोड ८४ लाख रुपैयाँ र महाविपत्ती कोषमा ६० लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीले ६१ हजार ३१३ वटा बीमालेख जारी गरी ५२ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी कम्पनीले २ हजार ८४ दाबी बापत १९ करोड ९५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार ३६१ दाबी बापतको २५ करोड ९६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४९ पैसा, प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ २ पैसा र मूल्य आम्दानी अनुपात ८७.२६ गुणा रहेको छ ।

GIC

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *