ज्वाई अष्ट्रेलियावाट आएको केही दिनमै छोरीले घर छोडेर हिँडेपछि आमा रुँदै मिडियामा, ‘छोरीकै गल्ती छ ज्वाईलाई दुख भयो’ भन्दै गरिन् बिलौना (भिडियो हेर्नुस्)

काठमाडौ । वुटवलकी धनकुमारी परियार विदेश वसेर आएकी आफ्नी छोरीको खोजीमा अहिले मिडियाको सहयोग माग्दै हिडेकी छन् । कक्षा १० मा पढ्दै गर्दा उनले विवाह गरेकी थिइन् । १० कक्षा पढेर उनी केही समय त्यसै बसेकी थिइन् ।

तर पछि ज्वाई विवाह गरेर अष्ट्रेलिया गएका थिए । ज्वाईको परिवार आर्थिक रुपले कमजोर भएका कारण छोरीलाई माइतीले नै सहयोग गर्दै आएका थिए । सविना कुमारी परियार(सिर्जना) माइतीमै बस्दै आएकी थिइन् ।

अष्ट्रेलियावाट ज्वाई आए । ज्वाई आएपछि छोरी र ज्वाईको विवाद भयो । ज्वाईले तँ अरुसंग फोनमा कुरा गर्दिरैछस् अब म तँलाई श्रीमती स्वीकार गर्दिन भने ।

विवाह भएको ५ वर्ष पछि उनीहरुबीच यस्तो विवाद भएको हो । विवाद भएपछि ज्वाई घरवाट हिँडे । पछि सिर्जनाले फोन गर्दा श्रीमानले म साथीको घरमा छु । मलाई डिस्टर्व नगर म आफै साँझ फर्कन्छु भनेर फोन राखेका थिए ।

विवाद पछि छोरी सम्बन्ध विच्छेदको लागि वकिल भेट्न जान्छु भन्दै हिडेकी थिइन् । तर फर्केर आइनन् । छोरी हराएको केही दिन पछि उनीहरु प्रहरीमा उजुरी दिन गइन् । तर प्रहरीले तिम्रो छोरीले इन्टरनेटमा धेरै कुरा गर्ने रैछ ।

यो पनि पढ्नुहोस : बाटाेमा सवारीसाधनकाे चापहेर्दा लाग्छ स्थिति सामान्य छ । सबैले आफूलाई अत्यावश्क नठानाैं । अवस्था जटिल बन्नसक्छ । बबरमहल-माईतिघर सडकमा देखिएको दृश्य ! हामी जनता सरकार को निर्णय मानेर ।ज्यान को खाल गरेर बसेका छ्म ।पहुँच हुने ठुला ब्यक्ति भनौदा हरुलाइ पास दिएर हिड्न दिइन्छ कसरी नियन्त्रण हुन्छ को#राना सबै आफ्नो आफ्नो ठाउँ बाट सहयोग गरौं को#रना नियन्त्रण अबस्य हुन्छ।

त्यो इन्डिया तिर गएकी छन् । खोजी नगर्नु भनेर प्रहरीले आफुहरुलाई भनेको बताए पछि उनीहरु फर्केर आएको आमाले बताइन् ।

ज्वाईको घर परिवार नभएका कारण छोरी ज्वाईलाई पनि संगै राखेको आमाको भनाई छ । तर ज्वाई आएपछि भने घर बनाउने योजना सबै विग्र्रिएको बताइन् ।

आमाले पनि छोरीको नै गल्ती भएको बताउँछिन् । अहिले पनि ज्वाई आफ्नै घरमा रहेको र उनको स्वभाव र ब्यवहार भने राम्रै रहेको बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *