Loading...
खेलकुड

डेनमार्कका मिडफिल्डर एरिक्सन मैदानमै अचेत भएपछि सबैको खेलप्रेमीहरुको मैदान मै रुवाबासी (भिडियो)

footbal

डेनमार्कका फुटबल खेलाडी क्रिस्टियन एरिक्सनको अवस्था स्थिर रहेको यूईएफएले जनाएको छ । फिनल्याण्डबिरुद्धको खेलका दौरान मैदानमा ढलेका एरिक्सनलाई अस्पताल भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको बताइएको हो ।

घरेलु टिम डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन एक्कासी मैदानमा लडेका थिए। खेलको ४१ मिनेटमा मैदानमा लडेपछि उनी अचेत भएका थिए। थ्रु बल उनको स्थानसम्म नआउँदै उनी हड्बढिदै एक्कासी ढल्न पुगेका एरिक्सनलाई मैदानमा स्वास्थ्य टोलीले सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) पनि दिएका थिए । झन्डै १५ मिनेट मैदानमा नै उपचार गरेपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लागिएको थियो ।

त्यतिबेलासम्म उनको होस आएको थिएन। उनको होस नआएपछि संसारभरका फुटबलप्रेमीले उनको स्वास्थ्यलाभको कामना गरेका थिए। त्यसपछि उनलाई नजिककै अस्पतालमा लगिएको थियो। अस्पताल लाने क्रममा उनको होस आएको बताइएको छ।

छलफलकै दौरान एरिक्सनले डेनमार्कको टिमसँग भिडियो कल गर्दै खेल सुचारु गर्न भनेका थिए। त्यसपछि खेल सुचारु भएको थियो। डेनमार्क फुटबल एसोसिएसनका अनुसार एरिक्सनको स्वास्थ्य अहिले स्थिर रहेको छ।

झन्डै डेढ घन्टापछि खेल शुरु हुदा युरोकपमा पहिलोपटक प्रतिस्पर्धा गरिरहेको फिनल्यान्डले डेनमार्कलाई १–० ले पराजित गरेको छ । घट्नापछि डेनमार्क र फिनल्यान्डका खेलाडी, अफिसियल, मैदानमा खेल हेर्न पुगेका समर्थकहरुमा सन्नटा छाउँदा सबैको गहभरि आशु भरिएको थियो ।

घट्नापछि आयोजक युईएफएले मेडिकल इमरजेन्सीको कारण देखाउँदै खेल स्थगित पनि गरेको थियो । तर, दुवै टिमको छलफलपछि खेल झन्डै डेढ घन्टापछि शुरु भएको थियो । त्यसपछि युरोमा डेब्यु खेल खेलिरहेका फिनल्यान्डले डेब्यु खेलमै १–० को जित निकाल्न सफल भयो ।

player

Leave a Reply

Your email address will not be published. Required fields are marked *