Loading...
चाखलाग्दो कुरा

तपाईको छिटो बिर्सिने बानि छ ? यस्तो गर्नुहोस् !

छिटो बिर्सिने बानि छ

काठमाडौँ छिटो बिर्सिने बानि छ |  अनेकौँ कारणले आथवा कामको चापले तपाईँ हामी एकै छिनमा केही कुरा बिर्सिन्छौँ भने, एक पटक भनेको कुरा केही समयपछि नै के भनेको थियो भनेर सोच्न थाल्छौँ । तर, हामी त्यो के कुरा हो भनेर ठम्याउन नसक्ने हुन्छाै ।

यस्तै समस्या यदि तपाईलाई पनि छ भने आज हामीले त्यसलाई सम्झिनका लागि अपनाउनु पर्ने केही जानकारी छन् । वैज्ञानिकहरुका अनुसार धेरै भुल्ने समस्या खास पौष्टिक तत्वको कमीका कारण निम्तिएको हो ।

यस्तो अवस्थामा खानेकुरामा ध्यान दिएर यो समस्या हल गर्न पनि सकिन्छ ।  के खाने त ?

 १. ओखर

जसले दिनहुँ ओखर सेवन गर्छन् उनीहरुमा स्मरण शक्तिको बढोत्तरी हुन्छ । ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फाइबर, एन्टी अक्सिडेन्ट जस्ता आवश्यक तत्व पाइन्छ ।

२. दालचिनीमरिच चियाकफी तथा बेसार

बेसार, चिया, कफी, दालचिनी तथा मरिचको नियमित सेवनले समेत मस्तिष्कको क्षमता वृद्धिमा सहयोगी हुने विभिन्न वैज्ञानिक परीक्षणले पुष्टि गरेका छन् ।

.स्ट्रबरी

यसमा प्रशस्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ जसले मस्तिष्कका कोषको क्षयिकरण हुनबाट बचाउँछ ।

४. दही

दहीमा प्रोटिन, कार्बोहाइड्रेट, खनिज, चिल्लो, क्याल्सियम तथा फोस्फोरस जस्ता लवणहरु पाइन्छ । यसले सरीरमा लाभदायी जिवाणुलाई समेत फाइदा पुर्‍याउँछ भने हानिकारक जिवाणुलाई नष्ट गर्न सहयोग गर्छ । दहीमा एमिनो एसिड पाइन्छ जसले दिमागी तनाव कम गरी स्मरण शक्तिमा बढोत्तरी गर्न सघाउ पुर्‍याउँछ ।

५. गोलभेँडा

गोलभेँडामा प्रोटिन, भिटामिन, तथा विभिन्न खाले लवण जस्ता तत्व पाइन्छ । यसमा कार्बोहाइड्रेटको मात्रा कम हुन्छ । गोलभेँडामा हुने लाइकोपिन तत्वले सरीरमा स्वतन्त्र रेडिकल्सको सुरक्षा गर्दछ र मस्तिष्क कोषको क्षयिकरण रोक्दछ ।

६. तुलसी

मसलाको रुपमा तुलसीका पातको प्रयोग निकै लाभदायक हुन्छ । छिटो भुल्ने समस्या भएका मानिसले दिनदिनै तुलसीको पात खाँदा त्यसले फाइदा गर्छ ।

७. जाइफल

जाइफलको सेवनले सरीरलाई चिसोबाट बचाउने मात्र होइन यसमा हुने विशेष तत्वले मस्तिष्कलाई स्वस्थ राख्न तथा स्मरण शक्ति बढाउन सहयोग गर्छ ।

८. अलैँची

अलैँचीमा प्रशस्त मात्रामा प्रोटिन तथा फाइबर हुने भएकाले यसको सेवन समेत मस्तिष्कको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *