तीन दिन भित्रमा पाँच लाखभन्दा बढिले काठमाण्डौ छाडे (फोटोफिचर) हेर्नुहोस तीन बजेसम्म पनि यात्रु सडकमा गाडी कुरेर भने बसेका थिए !

काठमाण्डाै, तीन दिनमा पाँच लाखभन्दा धेरैले काठमाण्डौ छोडेका छन् । आज बिहान ६ बजेदेखि भने निषेधाज्ञा लागू हुने भए पछि राति दुई, तीन बजेसम्म पनि यात्रु सडकमा गाडी कुरेर भने बसेका थिए ।

हिजो पृथ्वी राजमार्गमा भएको जाम हिजो नागढुङ्गादेखि धादिङको धार्केसम्मै जाम भएको थियो । हिजो पृथ्वी राजमार्गमा भएको जाम । हिजो नागढुङ्गादेखि धादिङको धार्केसम्मै जाम भएको थियो ।

people1

सिन्धुपाल्चोक जानेहरुको भने बनेपा धुलिखेलमा भने जाम रहेको थियो । राति अबेरसम्म सडकमा गाडी पर्खिएका केही यात्रु गाडी नपाएपछि अलपत्र परेका छन् ।

अलपत्र परेका यात्रुलाई कसरी घर पठाउने भन्नेबारे सम्बन्धित निकायको निर्णय पर्खेर बसेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले मेगा खबरलाई जानकारि दिए ।

people3

हिजो काठमाण्डौको नयाँ बसपार्क, कलङ्की, जडीबुटी, कोटेश्वर र भक्तपुर क्षेत्रमा यात्रुको सबैभन्दा धेरै भीड थियो । गाडी र यात्रुको चापका कारण मुख्य नाका नागढुङ्गा सडकखण्डमा लामो जाम भएको थियो ।

people4

काठमाण्डौ उपत्यका बाहिरबाट खाली गाडी आउने र भरिएका गाडी बाहिर जाने क्रम बढेपछि नाकामा गाडीको आवागमन अस्तव्यस्त नै बनेको थियो ।

यात्रुहरुले गाडी नपाउने मात्रै होइन, बल्लतल्ल गाडी पाए पनि बढी भाडा तिर्नु परेको, घण्टौँ जाममा बस्नु परेको गुनासो गरेका छन् । सरकारले दुई दिनको मात्रै समय दिएर निषेधाज्ञा लागू गरेकाले भीड थेग्न नसकेको महासचिव सिटौलाले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *