दक्ष जनशक्ति नेपालमा नहुँदा ८ लाख भन्दा बढि कामदार भारतबाट ल्याउनुपर्यो

काठमाण्डाै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा दक्ष जनशक्ति नहुँदा ८ लाख कामदार भारतबाट ल्याउनुपरेको बताएका छन् ।

आज मजदुर दिवसको अवसरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले देशमा दक्ष जनशक्ति नहुँदा भारतबाट आठ लाख जना कामदार नेपालमा ल्याउनुपरेको गुनासो गरे ।

श्रमिकसँगको सम्बन्ध सुधार भइरहे पनि यसलाई दिगो र भरपर्दाे बनाउन अझै धेरै काम गर्न बाँकी रहेको पनि उनले बताएका छन् ।

श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी प्रवर्द्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास, श्रम सम्बन्ध सुधार जस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेर जानुपर्ने उनकाे भनाइ रहेको छ ।

महामारीको यो अवस्थामा सबैका प्रयास र पहलहरू अर्थतन्त्र,उद्योग व्यवसाय र रोजगारीमा पर्न सक्ने प्रभावलाई न्यूनीकरण गर्न केन्द्रीत हुनु पर्नेमा गोल्छाको जोड दिएका छन्।

नेपाली उद्योगले नेपाली कामदार नै काममा लगाउँछु भन्दा पनि जनशक्तिको अभाव रहेको उनकाे भनाइ छ । सामाजिक सुरक्षा योजना कार्यान्वयनमा समस्या देखिएको भन्दै अध्यक्ष गोल्छाले किन सामाजिक सुरक्षा योजनालाई सफलतापूर्वक लागू गर्नमा अवरोध आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *