Loading...
समचार

दुर्घटना कम गर्न ट्राफिक प्रहरीले उपत्यकामा नयाँ अभियान सुरु

नयाँ अभियान सुरु

काठमाडौं नयाँ अभियान सुरु। दुर्घटना कम गर्न ट्राफिक प्रहरीले उपत्यकामा नयाँ अभियान सुरु गरेको छ । सवारी चालकलाई शाखा सडकबाट मूल सडकमा सहजै निस्कँदा ‘रोक, हेर र जाउँ’ भन्ने ट्राफिक नियम पालना गराउन कडाइका साथ अभियान थालेको हो ।

सवारी चलाउँदा ट्राफिक सङ्केत, अपनाउनुपर्ने सावधानीजस्ता नियमको पालना गर्नुपर्ने भए पनि कतिपय सवारी चालकले लापरवाहीपूर्ण तरिकाले जथाभावी बाटो पार गर्ने गरेको पाइएकाले उक्त अभियान थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

उपत्यकाको शाखा सडकबाट मूल सडकमा सहजै ट्राफिक सङ्केतको पालना गराउन ३८० स्थानमा ट्राफिक प्रहरी खटाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । भित्री सडकबाट मुख्य सडकमा निस्कँदा ‘पर्ख, हेर र जाउँ’ भन्ने ट्राफिक नियम कतिपय सवारी चालकले पालना नगरेकाले यो अभियान सुरु गरिएको उनको भनाइ छ । 

महानगरीय ट्राफिक महाशाखाले यो अभियान सफल पार्न र चालकलाई सुरक्षित ढंगले सवारी चलाउन आग्रह गर्नका लागि विभिन्न चोका ३८० ट्राफिक प्रहरी खटाइएको छ । उपत्यकाको ट्राफिक चाप व्यवस्थित गर्न तथा चोकमा हुने सवारी दुर्घटना न्यूनीकरण गरी सहज र सुरक्षित यात्रा गराउन उक्त अभियान थालिएको महाशाखाले जनाएको छ । 

बुधबारबाट सुरु भएको अभियानमा एकै दिन तीन हजार ५०० चालकलाई उक्त सङ्केत बोर्डको महत्व तथा फाइदाको बारेमा सम्झाइबुझाई पालना गर्न सचेत गराइएको छ । काठमाडौँ उपत्यकाको मूल सडकमा निस्कने शाखा वा भित्री सडकको मुखैमा राखिएको सङ्केत बोर्डको पूर्ण पालना गर्ने शर्तमा चालकलाई छाडिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *