देउसीभैलो खेल्न रोक, नुवाकोटमा निषेधाज्ञा

नुवाकोट देउसीभैलो खेल्न रोक। यस वर्ष नुवाकोट जिल्लामा देउसीभैलो खेल्न रोक लगाइएको छ । जिल्ला कोरोना महामारीबाट प्रभावित भएकाले प्रशासनले यस वर्ष तिहारमा देउसीभैलो खेल्न नपाइने नियम ल्याएको हो । 

आइतबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जारी गरेको आदेशअनुसार २६ कार्तिकदेखि नुवाकोटामा निषेधाज्ञा पनि लगाइएको छ ।

अहिले अस्पतालमा उपचारका लागि भेन्टिलेटर र शैय्याको नै अभाव भएकाले सबैले यसलाई पालना गर्नु पर्ने आदेशमा भनिएको छ । निषेधाज्ञाको यो समयमा नुवाकोटमा सुरक्षा मापदण्ड अपनाउनु  बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *