नाै महिनापछि खुल्याे लाइसेन्सको अनलाइन आवेदन, कसरी भर्ने?( तरिका सहित )

काठमाडाै, कोरोना भइरस महामारीको कारण बन्द भएको सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन ९ महिनापछि खुल्ला गरिएको छ । 

सरकारी काम अगाडि नै खुले पनि प्रदेश मन्त्रालय र यातायात व्यवस्था विभागको भने समन्वय हुन नसक्दा आवेदन खुल्न ढिलो भएको थियो ।

यातायात व्यवस्था विभागले गत पुस १० गते  सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरू पालन गर्ने व्यवस्था गरी मंगलबार देखि आवदेन खुला गरेको छ ।

सेवाग्राहीले बिहान ६ बजेदेखि राती १० बजेसम्म फारम भर्न सक्ने विभागले जानकारी दिएकाे छ । अनलाइन फारम भर्नका लागि यातायात व्यवस्था विभागको वेबसाइटमा जानुपर्छ ।
पेज खुलेपछि दाइनेपट्टि अनलाइन सवारी चालक अनुमति पत्र प्रणाली लेखिएको लिंकमा क्लिक गर्ने, त्यसपछि पेजको सबभन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसनमा जानुपर्छ ।

 पेज नयाँ देखिएपछि क्याटोगोरीमा गइ नयाँ लाइसेन्स, लाइसेन्स रिन्यू, वा प्रतिलिपी मध्य एक अप्सन छानेर तल प्रोसिड लेखिएको बटनमा क्लिक गर्नुपर्छ ।

 व्यक्तिगत विवरण भरेर आफूलाई पाएक पर्ने परीक्षा केन्द्र छानेर सबमिट गर्ने, त्यहाँ तोकिएको मितिमा बायोम्याट्रिक दिन यातायात व्यवस्था कार्यालय जानुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *