नुवाकोटमा जन्मेर घाँस का’ट्ने, गाईभैंसीको गोबर सोहोर्ने र काठमाडौंमा आएर ५०० मा भाँडा माझ्ने अन्जली लामा बनिन् विश्वकै चर्चित मोडेल, अहिले हलिउड फिल्ममा डेब्यू गर्दै

मोडलिङ जगतमा फरक पहिचान बनाएकी नेपालकी ट्रान्सजेन्डर मोडल अञ्जली लामाले हलिउड फिल्ममा डेब्यू गर्ने भएकी छन् । ६ भागमा निर्माण हुन लागेको ‘सेयरिङ ए राइड’ मा उनले अभिनय गर्न लागेकी हुन् । लीना यादवले निर्देशन गर्ने यस फिल्ममा उनीसँगै बलिउड अभिनेत्री ज्याकलीन फर्नान्डिसले पनि अभिनय गर्दै छिन् ।

वुमेन्स एण्ड हलिउडको रिपोर्ट अनुसार, यो एक एन्थोलजी फिल्म हुनेछ, जसको शीर्षक ‘वुमेन्स स्टोरीज’ राखिएको छ । लर्वोलिनो इन्टरटेन्मेन्टको को प्रोडक्सन र ‘वि डू इज टुगेदर’ ले निर्माण गर्ने फिल्ममा महिलाको जिन्दगीको अलग९अलग पक्ष देखाइनेछ ।

फिल्ममा अञ्जलीले हलिउड स्टार कारा डेलेविन्ज, मारिका गे हार्डेन ,मार्गरिटा बाय, ईवा लोन्गोरिया, र लीवनर वारेला जस्ता चर्चित कलाकार सँग काम गर्न लागेकि हन् ।

तेस्रोलिंगी समूदायबाट अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने उनी नेपालको पहिलो मोडल हुन् । २०१६ मा भारतको प्रतिष्ठित ‘ल्याक्मे फेसन शो’ मा उनी उत्कृष्ट २० सम्म पुगेकी थिइन् । यसमा सहभागिता जनाउने उनी नै पहिलो तेस्रोलिंगी मोडल हुन् ।

म नुवाकोटको विकट गाउँमा जन्मेँ, किसान परिवारमा। मेरो जन्म केटाको रूपमा भएको थियो। मभन्दा माथि चार जना दाजु छन्। मुनि दुई बहिनी। म पाँचौं सन्तान। हाम्रो परिवारमा खेतीपाती नगरी खान पुग्दैन थियो। आमाबुबासहित नौ जनाको परिवार पाल्न सबै खाले काम गर्नुपर्थ्यो।

model

घाँस का’ट्ने, गाईभैंसीको गोबर सोहोर्ने, गोठालो जानेजस्ता काम सामान्य थिए। म यी सबै काम गर्दै हुर्कें। भविष्यमा फेरि यस्ता काम गर्नुपर्‍यो भने मलाई कुनै अप्ठ्यारो हुँदैन। मान्छेको जीवनमा सबै काम सोचेजस्तो नहुन सक्छ। परिआए जे पनि गर्नुपर्छ। जस्तोसुकै समस्या डटेर सामना गर्नुपर्छ।

मलाई सानैदेखि साथीहरू ‘यसको त चालामाला केटीजस्तो छ’ भनेर जिस्क्याउँथे। हिँडाइ पनि केटीजस्तो छ भन्थे, बोलाइ पनि। जीउ पनि का’टीकु’टी केटीजस्तै छ भनेर उल्याउँथे। मलाई रिस उठ्थ्यो। चित्त दुख्थ्यो।

मलाई पनि केटाभन्दा केटी साथीहरू नै मनपर्थ्यो। केटीहरूसँगै हिँड्न र बोल्न रुचाउँथेँ। साथीहरूको जिस्काइले मानसिक रूपमा धेरै तनाव हुन्थ्यो। यही तनावले मैले पढाइमा ध्यान दिन सकिनँ। एसएलसी पनि दोस्रोपटकमा पास भएँ।

एसएलसीपछि काठमाडौं आएँ। सहर आएपछि जिस्क्याइ कम हुन्छ कि भन्ने लागेको थियो, कहाँ पाएर कम हुनु! यहाँ त गाउँमा भन्दा धेरै जिस्काउँथे। नानाथरिका शब्द प्रयोग गर्थे। त्यस्ता शब्द मैले काठमाडौं आएपछि मात्र थाहा पाएँ। बरू गाउँमा त्यस्तरी होच्याएको थाहा थिएन। सहरका मान्छे सभ्य, बुझेको, मिलनसार होलान् भन्ने सोचेको थिएँ, होइन रहेछ।

यहाँ आएपछि मैले झन् बढी मानसिक तनाव झेल्नुपर्यो। झन् खुल्न गाह्रो भयो। अप्ठ्यारो लाग्यो। केही काम नपाएपछि होटलमा भाडा माझ्न थालेँ। यो सन् २००५ को कुरा हो। महिनाको पाँच सय रुपैयाँ पारिश्रमिक पाउँथेँ। त्यति पाउँदा पनि मिहिनेत गरेर कमाएको हुँदा कत्ति खुसी लाग्थ्यो।

model1

Leave a Reply

Your email address will not be published. Required fields are marked *