नेकपा विवाद : प्रधानमन्त्रीको सन्देश बोकेर पौडेल खुमलटार, के भयो छलफल ?

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको सन्देश लिएर महासचिव विष्णु पौडेल अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन् ।्

बुधबार बस्ने सचिवालय बैठकअघि ओलीको सन्देश लिएर प्रचण्ड भेट्न पौडेल खुमलटार पुगेका हुन् । उनीहरुको भेट करिब १ घन्टा चलेको प्रचण्डको सचिवालयले जनाएको छ ।

विवाद समाधानको प्रयासस्वरुप महासचिव पौडेल प्रचण्ड निवास पुगेको जनाइएको छ । प्रचण्डसँग भेट गरेर पौडेल बालुवाटार पुगेका छन् । उनीहरुबिच विवाद समाधानको प्रयासबारे छलफल भएको बताइए पनि थप कुरा सार्वजनिक भएको छैन ।

ओली पक्षले प्रचण्डले गएको शुक्रबार सचिवालय बैठकमा पेश गरेको १९ पृष्ठ लामो प्रस्ताव फिर्ता भएपछि मात्रै मंसिर ३ गते निर्धारित सचिवालय बैठकमा बस्ने अडान लिएको छ । 

तर प्रचण्ड पक्षका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले भने प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रस्ताव आफूहरुको सामूहिक रहेको बताउँदै आएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *