नेपाली बैंकबाटै विदेशमा भुक्तानी गर्न सकिने

काठमाडौं नेपाली बैंकबाटै विदेशमा। विदेशी वस्तु तथा सेवा आयात गर्दा नेपाली बैंकबाटै भुक्तानी गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७–७८ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा अनलाइनमार्फत् विदेशी वस्तु तथा सेवा खरिद गर्दा नेपाली बैंकबाटै भुक्तानी गर्न सकिने व्यवस्था गर्न लागेको हो । 

यो व्यवस्थापछि फेसबुक, ट्विटर तथा युट्युबमा गरिने विज्ञापनको भुक्तानी पनि नेपाली बैंकका खाताबाट गर्न सकिनेछ । राष्ट्र बैंकले अनलाइनमार्फत् विदेशी सेवा आयातवापत विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउनेसम्बन्धी व्यवस्था गर्न लागेको हो ।  

यही व्यवस्था कार्यान्वयन गर्ने क्रममा राष्ट्र बैंकले ुअनलाइनमार्फत् विदेशी सेवा आयातबापत विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउनेसम्बन्धी व्यवस्थाु को मस्यौदासमेत तयार पारेको छ। 

हाल अनलाइनमार्फत् विदेशबाट सामान आयात गर्दा २ हजार अमेरिकी डलरसम्म भुक्तानी गर्न पाइन्छ
। बैंक तथा वित्तीय संस्थाबाट जारी भएका डेबिट र क्रेडिट कार्ड लिएकाहरूले नेपालमै बसी नेपालमै उपभोग गर्ने उद्देश्यले २ हजार अमेरीकी डलरसम्म विदेशमा भुक्तानी गर्न सक्छन् । 

पछिल्लो समय फेसबुकलगायतका सामाजिक सञ्जालमा विज्ञापन गर्ने प्रचलन बढ्दै गएको र सोको भुक्तानी विदेशी मुद्रामा गर्नुपर्ने बाध्यात्मक अवस्था देखिएकाले यस्तो कानुन बनाउनु परेको राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै अन्तर्राष्ट्रिय स्तरका तालिम तथा ज्ञान प्राप्त गर्न सूचना प्रविधिसँग सम्बन्धित प्रोडक्ट डेभलपमेन्टका लागि चाहिने कुनै सफ्टवेयर सेवा खरिद गर्न डोमेन रजिस्ट्रेसन तथा वेब होस्टिङ गर्नेलगायतका सेवा किन्नसमेत विदेशी मुद्रा भुक्तानी गर्नुपर्ने अवस्था छ । नेपाली बैंकखाताबाट सोको भुक्तानी सहज बनाउनका लागि कानुनी रूपमा नै व्यवस्था गर्न लागिएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *