नेपाल लगायत देशमा अत्याधिक चिसो हुँदा अष्ट्रेलियामा अत्याधिक गर्मी किन ?

सिड्नी । अहिले नेपाल लगायत विश्वभरीका धेरै वटा देशमा अत्याधिक चिसो बढ्दै गएको छ । तर अष्ट्रेलियामा अत्याधिक गर्मी बढिरहेको छ । अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा शनिबार नोभेम्बर महिना कै उच्च तापक्रम मापन गरिएको छ ।

सिड्नीमा अघिल्लो हप्ताको अन्त्यमा महिनाभरिको सबैभन्दा उच्च ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको अष्ट्रेलियाको मौसम विभाग कार्यालयले जनाएको छ । यो अत्यन्तै गर्मी हो । सिड्नीमा शनिबारदेखि आइतबारसम्ममा तापक्रम राति वा बिहानको समयमा समेत २५ डिग्री सेल्सियसभन्दा कम नभएको पनि मौसमविद्हरूले बताएका छन् ।

सिड्नीमा आइतबार बिहान ४ः३० बजेको तापक्रम पनि ३० डिग्रीभन्दा बढी रहेकोे थियो । सिड्नीमा आइतबार दोस्रो दिन पनि तापक्रम ४० डिग्रीभन्दा बढी नै रहेको छ ।

‘त्यसैगरि दक्षिणपूर्वी अष्ट्रेलियाको न्यू साउथ वेल्समा पनि शनिबार र आइतबार अत्यधिक गर्मी महशुस गरिएको छ भने यहाँ गर्मी अझ बढ्ने सङ्केत देखिएको छ,’ अष्ट्रेलियाका विभिन्न भागमा आगामी दिनमा अझ बढी गर्मी हुने पूर्वानुमान गरिएको मौसम विभागका एक अधिकारी अगाटा इमिएल्स्काले बताए ।

अष्ट्रेलियाको दक्षिणी क्षेत्र ग्रिफिथ्स र माइल्दुरामा नोभेम्बरका दिनहरूमा तापक्रम अत्यधिक रहेपनि शनिबार सबैभन्दा धेरै क्रमशः ४३.२ र ४५.७ डिग्री सेल्सियससम्म पुगेको थियो ।

डढेलोका कारण अष्ट्रेलियाले यो शताब्दीकै बढी क्षति ब्यहोरेको एक वर्षपछि पनि करिब ६० स्थानमा डढेलो लागेको समाचारहरू सार्वजनिक भएका छन् । गत वर्षको डढेलोका कारण अष्ट्रेलियाले सात अर्ब अमेरिकी डलर बराबरको आर्थिक भार बहन गर्नुपरेको थियो ।

नेपाल लगायतका देशहरुमा चिसो हुँदा अष्ट्रेलिया गर्मी हुँनुको कारण भूमध्यरेखा हो । भूमध्यरेखाबाट विपरित तर्फ रहेका देशमा अहिले गर्मी मौसम रहेको छ । भूमध्यरेखा नजिक रहेका देशहरुमा चिसो बढिरहेको छ ।

यसमा स्पष्ट हुन योपनि जान्न जरुरी छ की भूमध्यरेखाको ५ डिग्रीसम्मको झुकावमा रहेका देशहरुमा कहिलैं मौसम परिवर्तन हुँदैन । सदावहार सबै मौसम समिश्रण हुन्छ । जस्तै मलेसियासम्म न जाडो न गर्मीको मौसम सँधै रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *