नेसन्स लिगः बेल्जियम र इटाली फाइनलमा प्रवेश

काठमाडौं नेसन्स लिग। रोमेलु लुकाकुको दुई गोलको मद्दतले डेनमार्कलाई हराउँदै बेल्जियमले यूईएफए नेसन्स लिगको फाइनल स्थानमा बनाउन सफल भएको छ । बुधबार राति भएको खेलमा बेल्जियम ४–२ गोल अन्तरले विजयी बनेको हो ।

योरी टेलिमान्सले खेलको तेस्रो मिनेटमा बेल्जियमलाई अग्रता दिलाए पनि जोनास विन्डले डेनमार्कका लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा लुकाकुले दुई गोल गर्दै बेल्जियमलाई ३–१ को अग्रता दिलाए । नासेर चाड्लीको आत्मघाती गोलले बेल्जियमको अग्रता कम भए पनि लगत्तै केभिड डि ब्रुयनाले गोल गर्दै बेल्जियमको जीत सुनिश्चित गरे ।

जीतसँगै समूह ए २ को शीर्ष स्थान कब्जा गर्दै बेल्जियमले इङ्ल्याण्डको फाइनल्समा पुग्ने आशा समाप्त गरेको छ । बेल्जियम फ्रान्स, स्पेन र इटालीसँगै फाइनल्समा पुगेको छ । समूह कै अन्य खेलमा इङ्ल्याण्डले १० खेलाडीमा सिमित आइसल्याण्डमाथि ४–० को सहज जित हासिल गर्यो । इङ्ल्याण्डको जीतमा फिल फोडेनले दुई तथा डेल्कन राइस र मेसन माउन्टले एक–एक गोल गरे ।

अन्य खेलमा इटालीले बोस्निया हर्जगोभिनालाई २–० ले पराजित गर्दै प्रतियोगिताको फाइनल्समा स्थान बनायो । नेदरल्याण्डले पोल्याण्डलाई २–१ गोल अन्तरले हराए पनि फाइनल्समा पुग्नबाट बञ्चित रह्यो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *