Loading...
मनोरंजन

पब्जी ग्लोबल च्याम्पियनशिपको फाइनलमा नेपाली टिम

pubg nepal

काठमाडौं । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२० को फाइनल आउँदो जनवरी २१ देखि २४ सम्म सञ्चालन हुने भएको छ । च्याम्पियनशिपमा नेपाली टिम ‘एबरप्ट स्लेयर’ उपाधिका लागि भिड्दै छ ।

विश्वभरका २४ टिम सहभागी सुपर विकेण्ड चरणबाट नेपाली टोली अन्तिम चरणमा पुग्दा नेपाली पब्जीप्रेमी उत्साहित छन् । सुपर विकेण्ड राउण्डमा स्लेयरले १० औं स्थान ओगट्दै ग्लोबल च्याम्पियनशिपको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

चार विकेण्डको अवधिमा जम्मा ४५ खेल खेलेको टोलिले कूल ३१२ अ‌ंक बटुलेको थियो । जसमा किल प्वाइन्ट १३२ र प्लेस प्वाइन्ट १८० हात पारेको थियो । यसअघि ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया’को उपाधि हात पार्दै एबरप्ट स्लेयर ग्लोबल च्याम्पियनशिपका लागि छानिएको थियो । सो टिमले उपाधिसँगै ४० हजार डलर अर्थात् नेपाली ४७ लाख ४० हजार रूपैयाँ हात पारेको थियो ।

तर दक्षिण एसियाबाट दोस्रो स्थान बनाउँदै ग्लोबल च्याम्पियनशिपमा प्रवेश गरेको अर्को नेपाली टोली ‘द रियल सोल्डर’ ९डीआरएस० भने सुपर विकेण्ड चरणबाटै बाहिरिएको थियो । अंक तालिकाको २० औं स्थानमा रहेको डीआरएसले कूल ११४ अंक मात्र बटुल्न सक्यो ।

दुबईमा सो फाइनल खेल हुँदै छ । ग्लोबल च्याम्पियनशिपको पुरस्कार राशी २० लाख अमेरिकी डलर अर्थात् झण्डै २३ करोड ४४ लाख रूपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *