Loading...
Aajako Rashifal

पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, मंसिर ४ गते बिहीवार आज तपाईको राशिफल हेर्नुहोस

आजको राशिफल हेर्नुहोस

मेष– (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । गरेका कामबाट राम्रै लाभ होला । बौद्धिकताको विकासपनि हुनेछ ।

वृष– (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा सङ्कट आउला । बन्दव्यापारमा मन्दी छाउनेछ ।

मिथुन– (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमकोपनि उचित मूल्याङ्कन हुनेछ ।

कर्कट– (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
नसोचेको ठाउँ बाट धन हात पर्नेछ । नयाँ काममा हात हाल्ने समय छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा अधिक धनार्जन हुनेछ ।

सिंह– (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
रोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेषसहयोग मिल्नेछ । तर साँझमा खर्च बढ्न सक्छ ।

कन्या– (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 
रमणीय र सुखद् यात्राको योग छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । मिष्ठान्न भोजनको अवसरपनि प्राप्त हुनेछ ।

तुला– (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 
आज राजनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । 

वृश्चिक– (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । साथी या नयाँ व्यक्तिसंग भेटघाट होला । 

धनु– (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । 

मकर– (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 
आज यात्रामा मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । साँझमा आर्थिक सङ्कट आउन सक्छ ।

कुम्भ– (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 
घरमा अतिथीको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ ।

मीन– (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । छोटो दुरीको लाभदायक यात्रा रहला । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *