पार्टीमा रडाको मच्चिएकै बेला प्रधानमन्त्रीले अचानक चाले यस्तो कदम, ठूलै हलचलको संकेत

काठमाडौ ठूलै हलचलको संकेत। पार्टी भित्र रडाको मच्चिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। उनले दुई दिन अघि सर्वदलिय बैठक समेत बोलाएका थिए । राजावादीहरुको आन्दोलन चर्किएकै बेला प्रधानमन्त्रीले अप्रत्याशित कदम चालिरहेका छन् । पार्टीकै स्थायी समिति बैठकमा उपस्थित नभएका ओलीले सर्वदलिय बैठक बोलाएर छलफल गरेका छन् भने फेरी संवैधिानिक परिषद्को बैठक बोलाएका छन् ।

विभिन्न नियुक्तिका क्रममा पार्टीमा छलफल नगरेको र एकलौटी निर्णय गरेको भन्दै नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेता रिसाएका छन् । जसका कारण पार्टीमा विवाद चर्किएको छ । उनले पुस २८ गते आइतबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी पुन संवैधिानिक परिषद्को बैठक बोलाएका छन् ।

संवैधानिक निकायहरुमा रिक्त रहेका पदाधिकारी नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्रीले बैठक बोलाएको हुनसक्ने अनुमान गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्तका पद रिक्त छन् भने लोकसेवा आयोग, वित्त आयोग लगायतका संवैधानिक निकायहरुमा लामो समयदेखी पदाधिकारी रिक्त छन्।

ती पदहरुमा कसलाई नियुक्ति गर्ने भन्नेबारे पार्टी भित्रै विवाद मिल्न सकेको छैन । साथी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमति जुटेको छैन । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच समेत समझदारी नबनेकै बेला प्रधानमन्त्री ओलीले परिषद्को बैठक डाकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *