पुरुषले पढ्नुहोस : उमेर खाएकी महिलासंग प्रेम गर्नुका फाइदा र बेफाइदाहरू

के तपाई एक बुढी महिलालाइ डेट गरिरहनु भएको छ | यदि तपाई आफु भन्दा जेठी महिलालाई डेट गरिरहनु भएको छ भने त्यसको फाइदा र बेफाइदा दुवै हुने गर्दछ | के तपाइलाई त्यस बारेमा ज्ञान छ | भन्ने गरिन्छ कि उमेर भनेको मात्र एक नम्बर हो र केहि व्यक्तिहरुको हकमा यो लागु पनि भएको छ | प्रेम कसैको उमेर र त्यस्तै केहि हेरेर हुदैन्, बस यो त हुने गर्दछ | जब प्रेम हुन्छ तब आफै हुन्छ |

तपाइले आफ्नो भावना रोकेर, रोकिने हुदैन | तपाइको मुटु कसैको लागि पनि धड्कन सक्छ | यति कोहि व्यक्ति तपाइको मन अनि मस्तिस्कमा बस्न सफल हुन्छ भने | माया, कसै प्रतिको भावनाले तपाइको मनको ढोकामा आएर ढक ढक गर्दैन बस यो त तपाइको चाहना बिना नै भित्र छिर्ने गर्दछ |

भनिन्छ नि, मायाको बारेमा न कसैले बजेको छ नत कसैले तपाइलाई बुजाउँन नै सक्दछ | त्यो समय गइसकेको छ जहाँ उमेरको हक हुने गर्दथ्यो | अहिलेको समय त्यस्तो छैन, जहाँ उमेरको कुनै पनि पावन्दी छैन |

हरेक बस्तु र कुराको दुइ पाटो हुने गर्दछ | हरेक कुरालाई दुइ फरक कोणबाट हेर्न सकिन्छ | उमेरमा आफु भन्दा जेठी महिलालाइ डेट गर्नुका केहि फाइदा र केहि बेफाइदाहरु |

१. परिपक्वता : आफु भन्दा जेठी उमेरकी महिलासंग प्रेम गर्नुको एक मुख्य लाभ यो छ कि उनिसंग प्रसस्त उच्च स्तरको परिपक्कता छ | आफु भन्दा परिपक्क उमेरको मानिससंग प्रेम गर्नु सधै फाइदाजनक हुने गर्दछ किनभने उनीहरुले हामीलाई धेरै राम्रो संग बुज्न सक्दछन | उनीहरुले सजिलैसंग परिस्थितिको सामना गर्न सक्दछन | जसको मदतले दुइ बिचमा उत्पन्न हुने दुरी र असमजदारी सजिलैसंग मिल्न सहयोग गर्दछ |

२. उच्च बुझ्ने स्तर : एक महिलाले तपाइलाई परिपक्कता मात्र नभएर उच्च बुझ्ने स्तर पनि प्रदान गर्दछिन | जति धेरै तपाई जीवनलाई बुझ्न सक्नुहुछ, उति धेरै तपाइको जीवन सहज हुदै जाने गर्दछ | तपाइलाई र परिस्थिति बुझ्ने साथी पाउन धेरै नै गारो पर्दछ | परिस्थिति र माया नबुझ्दा धेरै समस्याहरु पनि आउने गर्दछ |

३. जिम्मेवार : हामी उमेर नखाएकी वा उमेर नभएकी महिला जिम्मेवार हुदैनन् भनिरहेका छैनौ तर जो तपाईभन्दा केहि उमेरमा ठुलो हुनुहुन्छ उसले धेरै समस्याको समाधान आफै गर्न सक्दछिन | जसले तपाइलाई अन्य कार्यको लागि धेरै समय मिल्ने गर्दछ |

उमेरकी महिलालाई प्रेम गर्नुका केहि बेफाइदा

१. अपरिपक्व मनोवृत्तिको प्रतिरोध गर्न सक्दैनन : एक परिपक्क महिलाले यदि तपाइको अपरिपक्क बानि देख्दा तपाइलाई सम्झाउने काम नगर्न सक्छिन किनकि उनलाई थाहा छ जीवनले तपाईलाई आफ्नै तरिकाले सिकाउने गर्दछ | जसको कारणले गर्दा तपाई भित्र परिपक्कता आउन केहि समय लग्न सक्छ |

२. बिचारहरु जुध्नु : एक जवान र एक अपरिपक्क प्रेमी बिचमा उमेरको कारणले आफ्नो बिचारहरु नमिल्ना सक्छ | जसले सबै देखिसकेको छ, जसले जीवन भोगेको छ, उसको सोच्ने क्षमता र जीवनलाई हेर्ने दृष्टिकोणमा धेरै भिन्नता आउने गर्दछ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *