पुस १ गतेदेखि पशुपतिनाथ मन्दिर खुल्ने छ

काठमाडौँ पशुपतिनाथ मन्दिर : पशुपतिनाथ मन्दिर पुस १गते बुधबार देखि  खुल्ने भएको छ । पशुपति क्षेत्र विकास कोषले न्यूनतम स्वास्थ्य मापदण्ड अपनाएर मन्दिर खोल्न लागेका हुन् ।

कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले मन्दिर खोल्न लागिएको जानकारी दिएका छन् । उनले भने, ‘भक्तजनले मास्क अनिवार्य रुपमा लगाएर आउनु पर्नेछ, मन्दिर प्रवेश गर्नु अघि कोषले स्यानीटाइजरको व्यवस्था गर्नेछ भएको छ । उनका अनुसार, एक पटकमा एउटा समूहलाई मन्दिर प्रवेश गराइनेछ भनेका छन् । लाइनमा बस्नेबीच दुई मिटरको दूरी राखिने बताए । 

कोषका सचिव डा. प्रदीप ढकालले स्वास्थ्य मन्त्रालयले तय गरेको न्यूनतम मापदण्डमा रही भक्तजनलाई मन्दिरको दर्शन गर्ने व्यवस्था गरिने  बताए । उनले भने, ‘नौ महिनापछि मन्दिर खोल्दैछौं तर भक्तजन स्वयं सचेत भएर दर्शन गरे कोरोना संक्रमित हुनुपर्ने छैन । सरकारले लकडाउन गरे सँगै चैत ११ गतेदेखि पशुपतिनाथ मन्दिर बन्द थियो  उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *